सरकारले कटानमा प्रतिबन्ध लगाएकै दिन कैलालीमा १७ हजार रूख काटिएको खुलासा


विचार
आयाेमेल संवाददाता
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले

आयोमेल संवाददाता
नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह

आयोमेल संवाददाता
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त


सरकारले कटान तथा पछानसहित ढुवानीमा समेत प्रतिबन्ध लगाएकै दिन कैलालीमा वैज्ञानिक वन व्यवस्थापनका नाममा १७ हजार रूख काटिएको खुलासा भएको छ। 

डिभिजन वन कार्यालय कैलालीले जेठ १४ गते वैज्ञानिक वन नीति अवलम्बन गरेका ३५ सामुदायिक वनलाई १७ हजार ७ सय ५६ रूख कटान गरी ४ लाख २४ हजार ७५.९७ क्यूफिट काठ र ५ सय ८२ चट्ठा दाउरा उत्पादन गर्न स्वीकृति दिइएको थियो।

तर, त्यसको भोलिपल्टै जेठ १५ गते नै सरकारले रूख कटान बन्द गर्न निर्देशन दिए पनि डिभिजन वन कार्यालय कैलालीले भने इमेल प्राप्त भएको जानकारी नभएको बहाना बनाउँदै ठेकदारलाई रातारात स्वीकृत रूख कटान गर्न निर्देशन दिएको पाइएको छ। 

जसकारण जेठ १४ गते सामुदायिक वनमा वैज्ञानिक वन नीति अवलबन गरेका कैलालीका ३५ सामुदायिक वनले काठ कटान आदेश प्राप्त गरेको एक दिनमै स्वीकृत सबै रुख काटिसकेको पाइएको छ। 

डिभिजन वन कार्यालय कैलालीले भने सरकारले रूख कटान तथा ढुवानी बन्द गर्न गरेको निर्णय दुई दिनपछि जेठ १७ गते मात्रै जानकारीमा आएका कारण सो बीचमा ठेकदारले रूख काटेको हुनसक्ने जनाएको छ।

प्राप्त जानकारी अनुसार डिभिजन वन कार्यालय कैलालीलाई जेठ १५ गते नै सवै वनका रूख कटानी तथा ढुवानी बन्द गर्न सरकारले गरेको निर्णय प्राप्त भएको थियो। सो पत्र इमेलमा आएको हुँदा इमेल नखोलेको बहाना बनाउने योजना बनाएर डिभिजन वन कार्यालयले नै ठेकदारलाई छिटो रूख काट्न सूचना दिएको थियो। 

सो पश्चात ठेकदारले रातारात कटानी स्वीकृत प्राप्त रुख कटान गरिसकेको स्रोतको दाबी छ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले भने सरकारको रूख कटान तथा ढुवानी रोक्का गर्ने गरी गरेको निर्णयको पत्र आफूलाई १७ गते मात्रै प्राप्त भएको तर १६ गते नै सामाजिक सञ्जाल मार्फत निर्णय गरेको जानकारी पाएपछि आफूले सोही दिन सबै वनलाई काठ नकाट्न आदेश दिएको बताए। 

रूख कटानमा मेसिनको प्रयोग गरिने भएका कारण कटान आदेशपाएका ठेकदारले एक दिनमै रुख कटान गरेको हुनसक्ने डिभिजन प्रमुख कँडेलले बताए। दुई दिनमा काटिएका रूखको विवरण हालसम्म प्राप्त भनिएको डिभिजन प्रमुख कँडेलले बताए।

डिभिजन वन कार्यालय कैलालीका अनुसार जेठ १४ गते भारताल साझेदारी वनलाई ढलापडा तथा हाँगा गरी ४ हजार ४ सय तीन रुख कटान गरी ९१ हजार ५ सय ८६ दशमलव १५ क्यूफिट काठ र २ सय २४ चठ्ठा दाउरा उत्पादन गर्न स्वीकृति दिएको थियो।

भारताल साझेदारी वनका रुखको मूल्यांकन गर्न बाँकी रहेका कारण खडा रुख कटान गर्ने अनुमति नरहेको कँडेलले बताए।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। गैरआवासीय

नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह ४ बजेसम्मको अल्टिमेटम दिएको छ। उक्त समूहको स्थायी कमिटीका सदस्यहरुको

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ। लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक

कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन आग्रह

काठमाडौं–युरोपेली संघका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन्। आयोगका अध्यक्ष