प्रदेश ५ को कोरोना कोषमा सूर्य नेपालको एक करोड


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


प्रदेश ५ सरकारको कोरोना कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ। प्रदेश सरकारको यो कोषमा यति धेरै रकम सहयोग गर्ने सूर्य नेपाल पहिलो हो। यसअघिसम्म अर्घाखाँची सिमेन्टले सबैभन्दा बढी ५१ लाख कोषमा जम्मा गरेको थियो।

मुख्यमन्त्री शंकर पोखरेललाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले बुधबार एक करोडको चेक हस्तान्तरण गरेका हुन्। त्यस क्रममा मुख्यमन्त्री शंकर पोखरेलले कोभिड कोषमा जम्मा गरेको रकम प्रदेश सरकारले प्राथमिकताका आधारमा स्वास्थ्य क्षेत्रमै खर्च गरिने जानकारी गराए।

कोरोना संक्रमण निर्मुल नहुदासम्म कोषमा भएको रकम खर्च गरिने र अपुग भएमा थप रकमको प्रदेश सरकारले व्यवस्थापन गर्न लागेको उनले बताए।

मुख्यमन्त्री पोखरेलले प्रदेश नं. ५ औद्योगिकका साथै पर्यटनका क्षेत्रमा अब्बल रहेको उल्लेख  गर्दै प्रदेशमा लगानी गर्नका लागि आग्रह गरे। औद्योगिक वातावरण बनाउन प्रदेश सरकारले विद्युत, सडक निर्माण गर्ने निर्णय गरेको भन्दै उद्योगको लगानीलाई प्रदेशमा ल्याउन आग्रह गरे।

प्रालिका उपाध्यक्ष के.सी.ले कोरोना कोषमा उपलब्ध गराएको रकम स्वास्थ्य क्षेत्रमा आवश्यकताका आधारमा खर्च गर्न आग्रह गरे। उनले सूर्य नेपालले देश र राष्ट्का लागि योगदान स्वरुप कोषमा रकम जम्मा गरेको बताए।

उनले अवस्थालाई हेरेर प्रदेश नं. ५ मा पनि आफ्नो व्यवसायलाई विस्तार गर्ने बताए। उनले उद्योगीका लागि प्रदेश सरकारले जग्गा र विद्युत विस्तारमा सहयोग गर्न सके उद्योगीहरु आर्कर्षित हुने बताए।

प्रदेशले कोरोना उपचार, रोकथामका लागि प्रदेश सरकारले १० करोड रकम छुट्याई कोष बनाएको छ । उक्त कोषमा विभिन्न संघ संस्थाका साथै व्यक्तिहरुले सहयोग रकम जम्मा गर्दै आएका छन्।

सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत मीनबहादुर घर्तीका अनुसार यसअघि कोरोना कोषमा १५ करोड १० लाख ५ हजार ६ सय ६२ रुपियाँ जम्मा भएको थियो। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।