प्रधानमन्त्री ओलीविरुद्ध जनकपुरमा प्रदर्शन


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


प्रधानमन्त्री केपी शर्मा ओलीविरद्ध जनकपुरमा प्रदर्शन भएको छ। प्रधानमन्त्री ओलीले अयोध्याबारे गरेको टिप्पणीको विरोधमा हिन्दु परिषद् जनकपुरले विरोध प्रदर्शन गरेको हो।

प्रधानमन्त्री ओलीले त्रेताकालदेखि स्थापित धार्मिक एवं ऐतिहासिक तथ्यलाई बिर्सेर अयोध्याबारे आफूखशी टिप्पणी गरेको विरोधमा प्रदर्शन भएको परिषद्का जनकपुर अध्यक्ष मिथिलेस झाले बताएका छन्।

स्थानीय रामानन्द चोकबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गरेर जनक चोकमा सम्पन्न भएको थियो। यसअघि उनीहरूले रामानन्द चोकमा आधा घण्टा सडकसमेत अवरुद्ध पारेका थिए। 

तथ्यहीन अभिव्यक्ति दिएर प्रधानमन्त्रीले सांस्कृतिक तथा धार्मिक आस्थामाथि आक्रमण गर्न खोजेको उनीहरूले आरोप लगाएका छन्। हजारौं वर्षदेखि स्थापित जनकपुर–अयोध्याबीचको सम्बन्धमाथि प्रहार गरेको भन्दै हिन्दु परिषद्ले प्रधानमन्त्रीको राजीनामासमेत मागेका छन्।

यसैबीच, बुधबार विश्व हिन्दु परिषद् जनकपुरको अगुवामा बसेको एक बैठकले प्रधामन्त्रीको पछिल्लो अभिव्यक्तिविरुद्ध शनिबार जनकपुरमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दासको अध्यक्षतामा बसेको बैठकले तथ्य बंग्याउने गरी प्रधानमन्त्रीको अभिव्यक्ति आएको निष्कर्ष निकाल्दै शनिबार वृहत्त प्रदर्शन गर्ने निर्णय गरेको अग्नि कुण्डका महन्त नवलशरण दासले जानकारी दिएका छन्।

बैठकमा जनकपुरस्थित विभिन्न मठ मन्दिरका महन्त, पुजारी, स्थानीय युवा क्लबका प्रतिनिधि, नागरिक समाज, बस व्यवसायीलगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न