जनकपुरका मेयरविरुद्ध सर्वोच्चमा मुद्दा


विचार
आयोमेल संवाददाता
अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको…

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू

आयोमेल संवाददाता
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि

आयोमेल संवाददाता
नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन्


जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोरविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह र वडा नम्बर ७ का सदस्य नाजिर हुसैनले नगरसभा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिटमा मेयर साह र जनकपुरधाम उपमहानगरपालिका कार्यालयलाई विपक्षी बनाइएको छ। कानुनविपरित भएको नगरसभा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आफूहरूले बुधबार रिट दायर गरेको वडा नम्बरका वडाध्यक्ष साहले जानकारी दिए।

बहुमत वडाध्यक्ष र सदस्यहरू विरोधमा रहेकोबेला मेयर साहले अवैधानिक तरिकाले लुकिछिपी नगरसभा गरेको उनीहरूको दाबी छ।

‘बहुमत वडाध्यक्ष तथा वडा सदस्यहरू विरोध गर्दै धरनामा बसेका थियौं, नगरसभा गर्न मेयर साहसँगको वार्तामा सहमति हुन नसकेपछि हामी राति १० बजे बाहिरिएका थियौं,’ वडाध्यक्ष साह भन्छन्,‘वार्तामा सहमति नभएपछि सबैजना गइसकेपछि नगरसभा कसरी भयो?’

मेयरले फर्जी हस्ताक्षर गर्न लगाएर नगरसभा सम्पन्न भएको दाबी गरिरहेको असन्तुष्ट वडाध्यक्षहरूको भनाइ छ। आफूहरूले उपमहानगरपालिकाको हरहिसाब पारदर्शी गर्न र कानुनी राज्यको पालना गराउन पटकपटक आग्रह गर्दा समेत मेयरले नटरेको उनको भनाइ छ।

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरभित्र हुकुमी शासन लाद्न खोजेको आरोप लगाएका छन्। आयव्ययको विवरणसमेत सार्वजनिक नगरेर तानाशाही हिसाबले भएको नगरसभा रद्द गर्न आफूहरूले सर्वोच्चमा रिट दायर गरेको उनले बताएका छन्।

‘हामीले चालु आर्थिक वर्षको खर्च विवरण देखाउन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल गर्न भनेका थियौं,’ वडाध्यक्ष साह भन्छन्,‘तर, उहाँले एकैपटक नगरसभामै वितरण हुन्छ भनेपछि हामी विरोध गरेका हौं।’

बहुमत वडाध्यक्ष तथा सदस्यहरू विरोधमा रहेपनि मेयर साहले १० अषाढमा अबेर राति नगरसभा गरेको उनीहरूले बताएका छन्। नगरसभामा १० देखि १५ जनाको फर्जी हस्ताक्षर रहेको उनीहरूको दाबी छ। रिटउपर सुनवाइ गर्न सर्वोच्चले ५ साउनमा पेशी तोकेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा

नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ

देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता लगत्तै ठाकुरले आफू