नक्कली भारुसहित पक्राउ परेका मौसम श्रेष्ठ नामुद मिटर ब्याजी 


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


नक्कली भारुसहित पक्राउ परेका मौसम श्रेष्ठ नामुद मिटर ब्याजी भएको खुलेको छ। उनको घरमा दर्जनौं सवारी साधन भेटिएका छन्। ती सबै सवारी साधन मिटर ब्याजमा पैसा दिएर उनले धितोमा राखेका हुन्। 

‘सुन व्यवसायको आडमा उनले मिटर ब्याजको धन्दा चलाएका हुन्,’ एक स्थानीयले भने, ‘एक लाख दिएर एकैदिनमा १५ सय रुपैयाँसम्म ब्याज लिने गरेका छन्।’

उनले त्यसरी कमाएको केही पैसा सामाजिक काममा लगाएर स्थानीय ठाउँमा आफ्नो छवि राम्रो भएको देखाउँदै आएका छन्। पैसाकै आडमा उनले सामाजिक पदसमेत हत्याएको स्रोतले दाबी गरेको छ।

श्रेष्ठ अहिले राजनीतिक आडमा नक्कली भारतीय रुपैयाँको कारोबार मुद्दामा पनि निर्दोष साबित गराउने ध्याउनमा लागेका छन्।
‘उनी प्रहरी हिरासतबाटै आफू निर्दोष भएको देखाउन प्रयासरत छन्,’ स्रोतले भन्यो, ‘दर्जनौं सवारीसाधन उनको घरपरिसरमा थन्किएका छन्, तर त्यस विषयमा कसैको चासो गएको देखिन्न।’ 

आफ्ना नजिकका शुभचिन्तक लगाएर मिटर ब्याजमा पैसा लानेलाई प्रहरीमा निवेदन नहाल्न उनले दबाब दिने गरेको बताइन्छ। उनको घरपरिसरमा आवश्यकताभन्दा बढी सवारी साधन फेला परे पनि प्रहरीले त्यस विषयमा खासै चासो नराखेको एक स्थानीय बताउँछन्।

नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका श्रेष्ठउपर अनुसन्धान भइरहेको इलाका प्रहारी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताएका छन्।

‘श्रेष्ठ मिटर ब्याजको कारोबारी भएको कुरा सुन्नमा आएको छ,’ डिएसपी रिजालले भने, ‘यो विषयमा कसैको निवेदन परेको छैन, अनुसन्धान भइरहेकाले अहिले नै सबै कुरा भन्न मिल्दैन।’ सवारी साधनहरू घरपरिसरमा रहेको भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गर्ने उनले जनकारी गराए। 

श्रेष्ठले आफूसित पक्राउ परेका खुर्सेद आलम र एराजुल हकलाई नक्कली नोटको मुख्य कारोबारी बनाएर उम्कने बाटो खोजिरहेको बताइएको छ।

‘उनी धनी व्यक्ति हुन्, आफ्नोविरुद्ध लाग्नेलाई २० र २५ लाख रुपैयाँ दिएर निर्दोष साबित बन्न पनि सक्छन्,’ स्रोतले दाबी साथ भने, ‘उनलाई सवारी साधन बुझाएकाहरूले अहिलेसम्म किटानी जाहेरी नहाल्नु पैसाकै प्रभाव हो।’

श्रेष्ठलाई अहिले सत्तापक्षीय नेताहरू भित्री रूपमा जोगाउन लागिपरेको बताइन्छ। इतर पार्टीका नेताहरूलाई समेत श्रेष्ठले रुझाएर राखेकाले उनीविरुद्ध कोही पनि खुलेर लाग्न नसक्ने एक स्थानीयले बताए।

कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षे श्रेष्ठ असार २८ गते घरबाटै पक्राउ परेका थिए। उनीसँगै कनकाई ४ का २९ वर्षीय आलम र झापा गाउँपालिका–५ का २४ वर्षीय हक पक्राउ परेका हुन्।

उनीहरूबाट १ लाख ४४ हजार नक्कली भारु बरामद भएको छ। बरामद नोट ५ सय दरका छन्।

गत बुधबार दिउँसो २ बजे खुर्सेद आलमले ५ सय दरका भारतीय नोटको कारोबार गरेपछि ती नोट कहाँबाट ल्याइयो भनेर खोजी भएको थियोे। खोजीका क्रममा श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाइराखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

त्यसक्रममा श्रेष्ठलाई घरमै फेला पारिएको थियो। उनको घरबाट ५ सय दरका २ सय ८८ थान नक्कली भारतीय रुपैयाँ बरामद भएको थियो। पहिलो तलाको श्रेष्ठ सुत्ने कोठामा टिनको दराजभित्र रबरले बाँधेको र नबाँधेको अवस्थामा ती नोट फेला परेका थिए।

खोजतलास गर्ने क्रममा आलम र हकलाई सुरुङ्गा बजारमा प्रहरीले फेला पारेको थियो। उनीहरूको साथबाट एक हजारका नेपाली नोट ४ र ५ सयका ३३ थान गरी २० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। 

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका तीनै जनालाई खोटाचलनसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ। उनले भने, ‘म्याद थप गरेर अनुसन्धान भइरहेकोे छ, अनुसन्धानपछि प्रहरीले यथार्थ विवरण सार्वजनिक गर्छ।’

बरामद नोटमध्ये तीनवटा नोटमा एउटै सिरियल नम्बर भेटिएको छ। पक्राउ परेका व्यक्तिले बयानमा डेढ लाख नक्कली नोट रहेको खुलाएका छन्। 

बरामद भएबाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए। उनीहरूले ती नोट कहाँबाट ल्याएका हुन् त्यो खुलिनसकेको डिएसपी रिजालले जानकारी गराए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न