दाङमा कुवेत र दुवईबाट फर्किएका ५ जनामा कोरोना पुष्टि


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


दाङमा पहिलो पटक तेश्रो मुलुकबाट आएका पाँच जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरू पाँचै जना बबई गाउँपालिका निवासी हुन्।

बाँकेको भेरी अस्पतालमा मंगलवार गरिएको पिसिआर परिक्षणका क्रममा उनीहरूमा कोरोना संक्रमण देखिएको हो। संक्रमित बबई गाउँपालिका वडा नम्बर ६ का ४३ र ३८ वर्षीय, वडा नम्बर २ का २४, वडा नम्बर ३ का २८ र वडा नम्बर ४ का  ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बबई गाउँपालिका अध्यक्ष भवनेश्वर पौडेलले जानकारी दिए। संक्रमित मध्य चार जना कुवेतबाट र एक जना दुवईबाट आएका रहेका छन्।

‘करिव १३/१४ दिन पहिले कुवेत र दुवईबाट आएर उनीहरू क्वारेन्टाइनमा बसेका थिए,’ गाउँपालिका अध्यक्ष पौडेलले भने,‘आज पिसिआर परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको हो।’ कोरोना संक्रमण देखिएका पाँचै जनालाई उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको बबई गाउँपालिकाका अध्यक्ष पौडेलले बताए।

उनका अनुसार पदमपुर क्वारेन्टाइनमा तेश्रो मुलकबाट आएका ५५ जना छन्। उनीहरू पनि त्यही क्वारेन्टाइनमा बस्दै आएका थिए। दाङमा पहिलो पटक तेश्रो मुलुकबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन्।

‘यो भन्दा पहिले भारतबाट आएकाहरुमा कोरोना संक्रमण देखिएको थियो, भारत भन्दा बाहिरबाट आएकाहरुमा कोरोना देखिएको थिएन,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, 'आज पहिलो पटक तेश्रो मुलुकबाट आएका व्यक्तिहरुमा पनि कोरोना देखिएको छ।’ योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ३१ जना पुगेको छ। दाङमा कोरोनालाई जितेर चार सय ७९ जना घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख