तेलिकोटा झ्यालको पुनर्निर्माण सुरु


विचार
आयाेमेल संवाददाता
भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा…

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५

आयाेमेल संवाददाता
हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको

आयाेमेल संवाददाता
आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा


भक्तपुरका धेरै ऐतिहासिक सम्पदामध्ये भक्तपुर नगरपालिका–६ तुछिमलामा अवस्थित श्री विश्वकर्मा आँगछें (तेलिकोटा झ्याल) एक हो। 

जुन आँगछें (घर) का झ्यालहरू सबै माटोबाट बनाइएका छन्। यो माटोबाट बनाइएको घरको पुनर्निर्माण हुने भएको छ। २०७२ सालको भूकम्पबाट क्षति भएको यो घरको पुनर्निर्माण हुने भएको हो। 

यसको मुख्य आर्कषण भनेको झ्याल हो। झ्याल भन्नेबित्तिकै दिमागमा काठको झ्याल सम्झिन्छौं। तर यसको आँगछेंको झ्यालहरू सबै माटोबाट बनाएका झ्यालहरू हुन्। जसलाई (तेलिकोटा झ्याल) भन्ने गरिन्छ। भक्तपुरको ङातापोल  (पाँचतल्ले) मन्दिर पछिको पुरानो सम्पदा हो यो।

विश्वकर्मा आँगछें पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिशरण अवालले असार १५ देखि आँगछें भत्काउने काम भएको बताए। साथै यसका लागि भक्तपुर नगरपालिकाद्वारा ९९ लाख ६८ हजार ५ सय २६ रुपैयाँ इस्टमेट लागत छुट्याइएको छ।

अहिले काम सुरु गर्न पेस्की ३० लाख निकासा भएको उनले जानकारी गराए। आँगछें तीन तलाको छ। आँगछेंलाई पहिलाकै स्वरुपमा बनाउने अवालेले जानकारी गराए। 

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले मंगलबार आँगछेंको शिलान्यास गरे। उनले भने, ‘यो टोल सबै अवालहरूको भएकाले यस आँगछें बनाउनलाई धेरै समय लाग्दैन होला । एक वर्षको अवधि राखेका छौं तर ६ महिनामै सक्छौं होला। हामीलाई यहाँका अवाल दाजुभाइले सहयोग पुर्याउनु हुनेछ।’

संस्कृतिविद् ओम धौभडेलका अनुसार यो विश्वकर्मा आँगछें भक्तपुरको न्यातपोल (पाचँतल्ले) मन्दिरको पुनर्निर्माणपछि सुरु गरिएको हो। न्यातपोल मन्दिरको सबै काम तछिमलाका अवालहरूले बनाएका हुन्। न्यातपोल मन्दिर बनाएको ज्यालाबाट नै यो आँगछें बनाइएको इतिहास रहेको धौभडेलले बताए।

यो विसं. ८२८ सालमा बनाइएको इतिहास छ। यस आँगछेंको सबै झ्याल माटोको हुनुपर्नेछ। न्यातपोल बनाएको ५ वर्षपछि यो आँगछें बनाइएको इतिहास रहेको धौभडेलले सुनाए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप

हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिका आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड

कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन भएको छ। ४० वर्षीया चौधरीको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा मंगलबार