बस गुड्न थालेपछि यातायात महासंघलाई ‘धक्का’


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


संघमहासंघमा आवद्ध यातायात व्यवसायीहरूले कोरोनाको कहरमा सरकारसँग ‘बार्गेनिङ’ गरिरहेका बेला काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा गाडी चल्न थालेका छन्।

मन्त्रिपरिषद्ले छोटो दूरीमा गाडी चलाउने निर्णय असार २३ गते गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघलगायत ट्रेड युनियनसम्बद्ध व्यवसायीहरूले निर्णय कार्यान्वयन गरेका छैनन्।

बरू भाडादर शतप्रतिशत बढाउन पाउनुपर्ने, कर्जाको भाका सार्नुपर्ने लगायतका सर्त तेस्याएर सरकारसँग ‘बार्गेनिङ’ गरिहेका छन्। 

सरकारी निर्णय कार्यान्वयन नहुँदा यात्रु मारमा परेका बेला संघमहासंघमा आवद्ध नरहेका अन्य यातायात व्यवसायीहरूले गाडी गुडाउन थालेका हुन्। व्यवसायीहरुले बस गुडाउन थालेपछि आन्दोलनरत संघमहासंघलाई धक्का लागेको छ। उनीहरुमाथि नैतिक दबाबसमेत बढ्न थालेको छ।

मयुर यातायात प्रालि र संयुक्त यातायात प्रालिले काठमाडौं उपत्यकामा सोमबारदेखि गाडी चलाउन सुरु गरेकोमा सुन्दर यातायात प्रालिले मंगलबारदेखि सेवा थालेको छ।

सरकारको समेत सेयर रहेको साझा यातायातले पनि काठमाडौं उपत्यकामा साउन १ गतेदेखि गाडी गुडाउने तयारी गरेको छ। लुम्बिनी मेट्रो सिटी प्रालिले असार २८ गतेदखि बुटवलमा बस चलाइरहेको छ।

‘लामो समयसम्म गाडी थन्किँदा आर्थिक समस्या भयोे, सरकारको निर्णयअनुसार बस सञ्चालनमा ल्याएका छौं,’ मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले भने, ‘सरकारको निर्णयअनुसार यात्रुलाई सेवा दिन र आफ्नो रोजीरोटीका लागि बस सञ्चालन गरेका हौं। महासंघसँग हाम्रो कुनै सम्बन्ध र सरोकार छैन।’

मयुरले अब दुई/तीन दिनमा शतप्रतिशत गाडी गुडाउने तयारी गरेको छ। मयुर यातायात प्रालि भएकाले कुनै संघ महासंघसँग जोड्न नमिल्ने उनले बताए। 

हुन पनि सरकारले दुई वर्षअघि नै यातायात समिति खारेज गरी प्रालिमा दर्ता गराएको थियो। तर, संघ महासंघका नाममा अहिले पनि ‘कार्टेलिङ’ छ।

सरकारले दुई वर्षअघि कार्टेलिङविरुद्ध कदम चाल्दा महासंघले देशभर यातयात बन्द गराएको थियो। त्यतिखेर मयुरसहित केही यातायात समितिका गाडी गुडेका थिए।

सुन्दर यातायात प्रालिले मंगलबारबाट उपत्यकामा चारवटा विद्धुतीय बस सञ्चालनमा ल्याएको छ। प्रालिले सरकारले वृद्धि गरेको ५० प्रतिशत भाडासमेत नलिई पुरानै भाडादरमा सेवा दिन थालेको जनाएको छ। 

सरकारले लकडानको यो अवधिमा ५० प्रतिशत यात्रु मात्र राख्न भनेको थियो। यसरी एक सिटमा एक जना मात्र यात्रु राख्न पाइन्छ। यो सुविधाका लागि साबिकको भाडामा ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था गरेको छ। 

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले लकडाउनमा यात्रु त्यसै मारमा परेको र बढी भाडा लिँदा समस्या पर्ने बताए। त्यसैले साविककै भाडादरमा बस चलाइएको थापाले बताए। सुन्दरले मंगलबारदेखि सूर्यविनायक-भक्तपुर र चक्रपथमा गरी दुई रुटमा बस सञ्चालनमा ल्याएको हो।

सोमबारदेखि बस सञ्चालनमा ल्याएको संयुक्तले गाडी ‘कन्डिसन’ जाच गरेर दुई-तीन दिनभित्र पूर्ण सेवा दिइने बताए। संयुक्त यातायातसँग ९० बस छन्।

सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि गत चैत ११ देखि मुलुकमा लकडाउन लागू गरेको थियो।

असारदेखि लकडाउन खुकुलो बनाएर बजार, निर्माण क्षेत्र, निजी सवारी साधन लगायत क्षेत्र खोले पनि सार्वजनिक यातायात खुल्न सकेको थिएन।

पछिल्लो पटक असार २३ गते काठमाडौँ उत्यकामा एक जिल्ला मानेर तथा अन्य जिल्लामा बाहिर जान नमिल्ने गरी बस चलाउने निर्णय भएको थियो। तर, निर्णय पूर्ण रुपमा कार्यान्वयनमा आइसकेको छैन। हवाई उडान भने खुलेको छैन।

सम्बन्धित समाचार : ‘पहिले गाडी चलाउन देऊ भन्ने, अहिले चलाउँदैनौं भन्ने?'


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।