वैरागी काइँलालाई बद्री कृष्णा वाङ्‌मय पुरस्कार


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


सुदूरपश्चिम साहित्य समाजले प्रत्यक वर्ष विभिन्न विधा र क्षेत्रका व्यक्तिहरूलाई प्रदान गर्दै आएको विभिन्न पुरस्कारको आइतबार घोषणा गरेको छ।

समाजले गठन गरेको मूल्यांकन समितिको सिफारिसका आधारमा आज यस वर्ष (२०७६) का लागि २० जना सम्मान तथा पुरस्कार गर्ने निर्णय सार्वजनिक गरेको हो। 

समाजका महासचिव हरिकृष्ण कडायतद्वारा जारी विज्ञप्ति अनुसार यस वर्षको बद्री कृष्णा बाङमय पुरस्कारद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा साहित्यकार वैरागी काइँलालाई पुरस्कृत गरिएको छ। उक्त पुरस्कारको राशी एक लाख ११ हजार रहेको छ।

त्यस्तै प्रभास राजलक्ष्मी उत्कृष्ट कृति पुरस्कार पोखराका साहित्यकार सरुभक्तको प्रतिगन्धलाई प्रदान गर्ने निर्णय गरिएको छ। उक्त पुरस्कारको राशी ५० हजार रहेको छ।

समाजले सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कारबाट डा. महादेव अवस्थीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। सो पुरस्कारको राशी २५ हजार रहेको छ।

यस वर्षको जयराज पन्त लोक साहित्य पुरस्कार प्रा. डा. चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय समाजले गरेको छ। सो पुरस्कारको राशी २५ हजार रहेको छ।

त्यस्तै एकराम इनिता भीम साहित्य पुरस्कारबाट डा तुलसीप्रसाद भट्टराईलाई पुरस्कृत गर्ने भएको छ। उक्त पुरस्कारको राशी पनि २५ हजार रहेको छ।

यस वर्षको प्रभास राज्यलक्ष्मी प्रादेशिक पुरस्कारबाट जगतगुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्यलाई पुरस्कृत गर्ने भएको छ। सो पुरस्कारको राशी २५ हजार रहेको समाजले जनाएको छ।

श्रीलोचन साहित्य पुरस्कारबाट पोखराका तीर्थ श्रेष्ठ पुरस्कृत हुने भएका छन। उनलाई २५ हजार नगद प्रदान गरिनेछ।

यस वर्षको प्रभास राजलक्ष्मी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार मनमोहन स्वारलाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको राशी २१ हजार रहेको छ।

यस वर्षको जसुदा पत्रकारिता पुरस्कारबाट पत्रकार शिवराज योगी पुरस्कृत भएका छन्। उनलाई ११ हजार नगदसहित सम्मानपत्र प्रदान गरिने साहित्य समाजले जनाएको छ।

देवकान्त पन्त राष्ट्रिय लोकसाहित्य पुरस्कारबाट बझाङका डा लक्ष्मीराज पण्डित पुरस्कृत हुने भएका छन। उनलाई ११ हजार प्रदान गरिने छ।

देवकान्त पन्त प्रतिभा पुरस्कारबाट अछामका लक्ष्मण कुँवर पुरस्कृत हुनेछन। उनलाई ११ हजार प्रदान गरिने छ।

११ हजार राशीसहित विष्णुदास यज्ञ साहित्य पुरस्कारबाट यस वर्ष विराटनगरका विवश पोखरेल पुरस्कृत भएका छन्। गणेश स्मृति हेमन्ती साहित्य पुरस्कारबाट कैलालीकी ईन्दु चौधरी पुरस्कृत भएकी छिन। बझाङका सोझो गाउँलेलाई ११ हजार राशीसहित प्रतिभा श्री सम्मान प्रदान गर्ने निर्णय गरिएको छ।

प्रभास राजलक्ष्मी युवा प्रतिभा पुरस्कारबाट यस वर्ष विवेक ओझा र ललित बिष्टलाई संयुक्त रुपमा पुरस्कृत गरिने निर्णय गरिएको छ। पुरस्कारको राशी ११ जार हुनेछ।

११ हजारसहित जसुदा साहित्य पुरस्कारबाट कञ्चनपुरका राज सरगम पुरस्कृत भएका छन। त्यस्तै जसुदा शिक्षा पुरस्कारबाट ११ हजार नगदसहति धर्मदेव भट्ट पुरस्कृत भएका छन।

दार्चुलाकी चाँदनी मल्ललाई ११ हजारसहित जसुदा संगीत पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। जसुदा समाजसेवा पुरस्कारबाट ११ हजारसहित कञ्चनपुरकी शारदा चन्द पुरस्कृत हुने भएकी छिन। जसुदा संस्कृति पुरस्कारबाट यस वर्ष ११ हजार राशी सहित बैतडीका एमके सलेनी पुरस्कुत हुने समाजका महासचिव कडायतले बताएका छन।

पुरस्कृत सम्पूर्ण स्रष्टाहरूलाई देशको परिस्थिति अनुकूल हुनासाथ नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिने समाजले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख