झापामा थपिए ६ कोरोना संक्रमित


विचार
आयाेमेल संवाददाता
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले

आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम


झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा मेचीनगर नगरपालिकाका ५ र बिर्तामोड नगरपालिकाका एक जना रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए। 

मेचीनगर नगरपालिकामा एक महिलासहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा मेचीनगर नगरपालिका १४ की  ३५ वर्षीया महिला रहेकी छिन्। 
       
उनी अतिथि सदन क्वारेन्टाइनमा बसेकी थिइन्। त्यस्तै मेचीनगर १ , ५, १० र १५ का एक/एक जना पुरुषमा संक्रमण देखिएको छ। उनीहरू कवि शिरोमणि मावि, आदर्श मावि , काँकडभिट्टा मावि क्वारेन्टाइनमा बसेका थिए।

संक्रमितहरू भारतबाट आएका व्यक्ति भएको मेचीनगर १० का वडाध्यक्ष सुदय पनेरु ( सुबेस) ले बताए। मेचीनगरमा संक्रमितको संख्या ४६ जना पुगेको छ।

बिर्तामोड नगरपालिका ३ का ४७ वर्षीय पुरुष रहेका छन्। उनी साउदीबाट फर्केको वडाध्यक्ष भोजराज सिटौलाले बताए।  ति पुरुष कंचनजंघा इन्स्टिच्यूट क्वारेन्टाइनमा बसेका थिए। योसँगै बिर्तामोडमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।

यसअघि बिर्तामोड ४ का दुई पुरुष,  ७ एक महिला र एक  पुरुष तथा ५ का एक पुरुषमा संक्रमण देखिएको थियो। झापामा कोरोना संक्रमितको संख्या २९७  पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको