नेपालमा कोरोना संक्रमित घटेको कि परीक्षण?


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


नेपालमा पछिल्लो एक सातामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने संख्या घट्दै गएको छ। 

बुधबार ४ हजार ६ सय ९६ नूमना परीक्षण हुँदा २ सय ५५ जनामा कोरोना संक्रमण देखियो। 

जब कि १९ असारमा ४ हजार ८ सय ८३ नमूना परीक्षण हुँदा ७ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो। यो एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो।

त्यसयता संक्रमितको संख्यासँगै संक्रमणको दर पनि घटेको छ।

असार २० गते ४ हजार ५० जनाको परीक्षण हुँदा २ सय ३२ जनामा संक्रमण पुष्टि भयो। असार २१ गते भने संक्रमित संख्या थोरै बढेको देखिन्छ। त्यसदिन ४ हजार ७ सय १० जनामा गरेको परीक्षणमा २ सय ९३ जनामा संक्रमण देखियो। 

असार २२ मा ४ हजार ७ सय जनाको परीक्षण हुँदा १ सय ८० जनामा संक्रमण पुष्टि भयो। त्यसैगरी, असार २३ मा ६ हजार १ सय ३३ जनाको परीक्षण हुँदा २ सय ४ जनामा संक्रमण देखियो। 

पछिल्लो ६ दिनको तथ्यांक हेर्दा संक्रमितको संख्या घटेको जस्तो देखिन्छ। 

तर, यसै तथ्यांकलाई आधार मानेर नेपालमा संक्रमण घटिहालेको भन्न नमिल्ने विज्ञहरूको तर्क छ।

क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या घट्दै गएकाले संक्रमितको संख्या कम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्। 

‘भारतबाट आउने मानिसहरूको संख्या घटिरहेको छ’, प्रवक्ता डा. गौतमले भने, ‘परीक्षण घट्दैमा जोखिम घटेको भन्न सकिन अवस्था छैन।’

अहिलेसम्म नेपालमा कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ। यस्तै ७ हजार ७ सय ५२ जनाले कोरोना जितेका छन्। संक्रमित मध्ये ४७ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन्। 

विश्वकै कोरोना संक्रमणको तथ्यांकलाई हेर्दा भारत अहिले तेस्रो स्थानमा छ। 

भारतसँगको खुल्ला सीमा नाका भएकाले नेपालमा कोरोनाको उच्च जोखिम कायम नै रहने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारी बताउँछन्। 

दुई महिना अगाडिको तथ्यांक हेर्दा दैनिक १० हजारभन्दा बढी नेपाली भारतबाट आउने गरेका थिए। 

तर, अहिले त्यो संख्या उलेख्य रूपमा घटेको हुनाले परीक्षणको दायरा घटेको डा. भण्डारी बताउँछन्। 

परीक्षणको दायरा बढाउन भनेर जसको पायो त्यसको नमूना संकलन गर्न नहुने डा. भण्डारीको तर्क छ। 

बुधबारको तथ्यांक हेर्दा क्वारेन्टाइनमा २५ हजार ४० जना बसेका छन्। पछिल्लो समयमा क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या घट्दै गएको छ।

मन्त्रालयको तथ्यांक अनुसार १ असारमा १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेका थिए। तर, एक महिनाका नबित्दै एक लाखभन्दा बढी मानिस घर फर्किएका छन्। 

सरकारले क्वारेन्टाइनमा भएका सबैको परीक्षण गर्ने क्षमता नभएपछि परीक्षणको नयाँ रणनीति लिएको थियो। जस अनुसार १४ दिन क्वारेन्टाइनमा बसेका वा लक्षण नदेखिएकालाई परीक्षण गर्नु नपर्ने भन्दै सो अनुसार घर पठाएको थियो। जसले गर्दा भारतबाट आएका धेरै मानिस परीक्षण गर्नबाट छुटेका थिए। 

क्वारेन्टाइनबाट परीक्षणबिना घर पठाइएकामा समेत कोरोना देखिएको थियो। 

क्वारेन्टाइनमा भएका व्यक्तिको संख्या घटेसँगै सरकारले नयाँ रणनीति अनुसार परीक्षणको दायरा बढाउने तयारी गरेको डा. गौतम बताउँछन्। 

‘क्वारेन्टाइनमा बस्ने मानिसको संख्या कम रहेको छ। अब, संक्रमण फैलिएको स्थान र अस्पतालमा भएका बिरामीको परीक्षण गर्न नीति लिएका छौं’, डा. गौतमले भने। 

‘संक्रमण भेटिएको समुदायमा गएर कन्ट्याक्ट ट्रेसिङबाट फेला परेका र जोखिम समूहमा रहेका मानिसको परीक्षण गर्न लागेका छौं’, डा. गौतमले भने, ‘अहिले नै संक्रमण घटेको हो भन्न सकिन सकिने अवस्था छैन।’

उनका अनुसार अब क्यान्सर, दम, निमोनिया, मधुमेह जस्ता दीर्घरोग लागेका मानिस र शल्यक्रियाका लागि अस्पताल पुगेका सबैको पिसिआर परीक्षण गरिनेछ।

लकडाउनको खुकुलो भएसँगै बाटो, पसल वा कार्यालयमा भीडभाड भइरहेको अवस्थाले भोलि धेरै भयावह अवस्था आउन सक्ने उनको तर्क छ। 

‘यस महामारीलाई सामान्य रुप लिनु हुँदैन। लापरवाही गर्दा आफू र परिवारलाई कोरोनाबाट बचाउन नसकिने अवसर आउन सक्छ’, उनले भने। 

संक्रमणबाट बच्च अनिवार्य मास्कको प्रयोग, साबुन पानीले हात धुने र भौतिक दूरी कायम गर्नुपर्ने उनी बताउँछन्। 

कोभिड-१९ बाट बच्न सबै नागरिक आ-आफ्नो ठाउँबाट जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न