शुद्धोधन पालिकालाई किशोरीले बनाइदिइन् मास्क


विचार
आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा

आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति


कपिलवस्तुको शुद्धोधन गाँउपालिकाका किशोरीहरूले मास्क बनाई गाउँपालिकालाई हस्तान्तरण गरेका छन्।

किशोरी सञ्जाल समूहका तीन जना किशोरीले ७ सय ५० वटा मास्क तयार गरी पालिकालाई दिएको सञ्जालकी अध्यक्ष शेषकला पाण्डेयले जानकारी दिइन्।

एक वर्षअघि पालिकाभरका ३५ किशोर किशोरी मिलेर पालिकाकास्तरीय किशोरी सञ्जाल गठन गरेका थिए।

सञ्जालमा आबद्ध सिलाई जानेका सदस्यहरू सुनिता गुप्ता, सिमा यादव र सिर्जना बनियाले पाँच दिनमा सो मास्क तयार पारेका हुन्। गाँउपालिकासँग २५ हजारको सहयोग लिई एक साताको अबधिमा ७ सय ५० थान मास्क तयार  गरिएको उनीहरूको किशोरीहरूको भनाइ छ। उनिहरूले बनाएको मास्क कपडाको दुई लिएरको रहेको छ। 

गाँउपालिकाको लबनी स्वास्थ्य चौकीमा आयोजित हस्तान्तरण कार्यक्रममा सञ्जालकी अध्यक्ष पाण्डेयको नेतृत्वमा सुद्धोधन गाँउपालिका अध्यक्ष निसार अहमद खाँ र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई उनिहरूले तयार गरेको मास्क हस्तान्तरण गरेका छन्।

गाँउपालिकाको आर्थिक सहयोगमा कोरोना संक्रमणका बेला किशोरीहरूले नै मास्क बनाउन सिकेका छौं। अब उत्पादन सामाग्री व्यवस्था भए आवश्यकता अनुसारको मास्क बनाउन सहयोग गर्न सक्छौ, किशारी सञ्जालकी सदस्य प्रिया शर्माले भनिन्।

गाँउपालिकासँग कुरा राखेपछि पालिकाले आर्थिक सहयोग गरेको र आफुहरूले मास्क तयार गरेको उनको भनाइ छ। गत आर्थिक बर्षमा पनि गाँउपालिकाले किशोर किशोरी सञ्जालका लागि सीप बढाउनका लागि आर्थिक सहयोग गरेका थियो।

पछिल्लो समय सरकारले मास्क प्रयोगमा कडाई गरेका बेला किशोरीहरूले निर्माण गरेको मास्कले बजार पाउने सम्भावना बढेको नेपाल परिवार नियोजन संघबाट किशोरीहरूका लागी सञ्चालित कार्यक्रमकी सहजकर्ता सुस्मा आचार्यले बताइन्।

पालिकाका किशोरीले गाँउपालिकास्तरमै मास्क उत्पादन गरि उदाहरणीय कार्य गरेको बताउँदै किशोर किशोरीहरू अझै अग्रसर बन्न आवश्यक रहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताए।

कोरोना संक्रमणको शूरुवातमा बेला स्थानियस्तरमा उत्पादन नहुँदा २० रुपैयाँ पर्नेलाई दुई/तीन गुना बढी रकममा किन्नु पर्ने बाध्यता भएको गाँउपालिका अध्यक्ष निसार अहमद खाँले बताए।

आगामी आर्थिक वर्षको बजेटमा स्थास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिँदै कोरोना संक्रमण रोकथाम गर्न वडा र पालिकामा गरि २ करोड १० लाख बजेट बिनियोजन गरिएको उनले जानकारी दिए। 

'किशोरी समूहलाई मास्क बनाउन सिक्न अन्तिम समय भएकाले सिमित रकम व्यवस्था गरिए पनि अब पालिकाभरी मास्क बितरण गर्ने योजना पुरा गर्न किशोर किशोरीको सिपलाई प्रयोग गर्ने छौं', अध्यक्ष खाँले भने।

किशोर किशोरी सञ्जाल मार्फत स्थानियस्तरमा मास्क उत्पादन गर्ने कार्य देशभरमै नौलो भएकाले यस्ता कार्यलाई प्रोत्साहन गर्न आफुले कुनै कसर नराख्ने उनले प्रतिबद्धता जनाए।

किशोरकिशोरीको प्रबद्र्धनका लागी शिक्षा, स्वास्थ्य र सिप बिकासमा प्रयाप्त बजेट बिनियोजन गर्दै आएको पालिकाका अध्यक्ष खाँले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो