कोरोना फैलिनुको दोष एसियाली मूलका अमेरिकीमाथि ! 


विचार
आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरुले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। नवनियुक्त

आयोमेल संवाददाता
सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका

आयोमेल संवाददाता
प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका


अनुहारमा मास्क लगाएर परिवारका अन्य दुई सदस्यसँगै डोनाली फेरर गत अप्रिलको एक दिन समुद्रतर्फ पैदल गइरहेकी थिइन्। उनको अगाडि एउटा कार रोकियो जसमा दुई बच्चासहित एक महिला चालक सिटमा थिइन्। फेररतर्फ लक्षित गर्दै ती महिलाले चिच्याउँदै भनिन्– ‘तिमीहरूले नै हो कोरोना फैलाएको।’

आक्रोशित फेररले प्रतिवाद गरिन्– ‘हामीमाथि किन यस्तो घृणा थोपर्नुहुन्छ? म आफैं एक स्वास्थ्यकर्मी (नर्स) हुँ र मेरो बुबाले यस राष्ट्रका लागि लड्नुभएको छ। आफ्ना बच्चालाई यसरी जातिवाद सिकाउनु हुँदैन।’ 

तर, उनको प्रतिवादले ती महिलालाई शान्त गराएन। बरु तिनले उल्टै झपारिन्– ‘के रे? यहाँ मेरो नजिक आएर भन् त।’  

फिलिपिनो मूलकी ४१ वर्षीया फेरर ‘ती महिलाले साथमा हतियार बोकेकी पो छिन् कि’ भन्ने डरका कारण त्यहाँबाट कुलेलम ठोकिन्। 

यसरी अपमानित गर्ने महिला अन्ततः आफ्नै आमाको छिमेकी भएको फेररले पत्ता लगाइन् । 

अमेरिकाको क्यालिफोर्नियाका अधिवक्ताहरूले यस वर्ष एसियाली मूलका अमेरिकी तथा प्यासिफिक आइल्यान्ड मूल भएका नागरिकप्रतिको घृणाजन्य घटना र व्यवहारमा चर्काे वृद्धि आएको बताएका छन्। 

स्टप एएपिआई (एसियन–अमेरिकन एन्ड प्यासिफिक आइल्यान्डर्स) हेट नामक अभियानका आयोजक र समर्थकले यस वर्ष पछिल्लो तीन महिनायता अमेरिकाको गोल्डेन स्टेटको रूपमा चिनिएको क्यालिफोर्निया राज्यमा मात्रै ८ सय ३२ वटा घृणाका घटना दर्ता भएको जानकारी दिए। 

हाल कोरोना भाइरस विश्व महामारीको समयदेखि एसियाली–अमेरिकी तथा प्यासिफिक आइल्यान्ड मूल भएका नागरिकविरुद्धको भौतिक आक्रमण र मौखिक गालीगलौजसहितको घृणाका घटना ‘नयाँ सामाजिक मान्यता’ बन्दै गइरहेको प्रति उनीहरूले चिन्ता प्रकट गरेका हुन्। 

जुन महिनामा मात्रै सरकारी अधिकारीसमक्ष दुर्व्यवहारसम्बन्धी उजुरीको ‘बाढी’ नै आएको थियो। 

‘तिम्रै देश जापान फिर्ता जाउ। हामीलाई अहिले तिमी कहाँ लुकेका छौ थाहा छ। यदि हाम्रो कुरा मानेनौ भने तिम्रो स्टोरलाई बमले उडाइदिने छाैं,’ जातिवाद समर्थकहरूले भाँडावर्तन बेच्ने स्टोरका मालिकलाई त्रसित बनाउन यस्तो बेहोराको पर्चा पसल बाहिर टाँसेका थिए।   

यस्ता घटनाले सार्वजनिक र निर्वाचित अधिकारीमा क्रोध एवं प्रतिशोधको भावनासमेत जन्माएको छ। 

‘हाम्रो राष्ट्रपति आफैं त्यस्ता व्यक्ति हुन् जसले जातिवादीलाई घर बाहिर निस्केर एसियालीविरुद्ध उत्रने स्वीकृति दिएका छन्,’ अल मुरातसुकी नाम गरेका एक राज्याधिकारीले प्रतिक्रिया दिए। 

‘एसियाली–अमेरिकी जनता उनीहरूले खेपेको विभेद र अन्यायविरुद्ध ठोस कारबाही भएको हेर्न चाहन्छन्। जातीय विभेदको अन्त्य भई समान अधिकार र पहुँच हासिल भएको सुनिश्चित गर्न हामी राज्यसँग मिलेर काम गर्न तयार छाैं,’ स्टप एएपिआइ हेट अभियानका संस्थापक तथा एसिया प्यासिफिक पोलिसी एन्ड प्लानिङ काउन्सिलका कार्यकारी निर्देशक मञ्जुसा कुलकर्णी भन्छिन्। 

अभियानका अनुसार रिटेल स्टोर, कार्यस्थल, विद्यालय र अनलाइनमा गनिएको ८ सय घृणाका घटनामध्ये ८१ भन्दा बढी गालीगलौज र शारीरिक आक्रमणका घटना हुन् भने अन्य ६४ घटना मानवअधिकार उल्लंघनसँग सम्बन्धित छन्।

क्यालिफोर्नियाको रोजमेड सहरमा एक एसियाली–अमेरिकी महिलाले ‘तीनजना हिस्प्यानिक र दुई गोरा अमेरिकी युवा स्टोरभित्र प्रवेश गरी आफूभन्दा अगाडि लाममा उभिएको र आफूभन्दा पछाडि उभिन आग्रह गर्दा उनलाई तथानाम गाली गरेको’ बताइन्। 

‘स्टोरको कर्मचारीले प्रहरीलाई खबर गराैं भन्दा थप विवाद र समस्या हुने कारण म आफैं त्यहाँबाट बाहिरिएँ,’ उनी सम्झन्छिन्। 

उता, सानफ्रान्सिस्कोमा एक एसियाली–अमेरिकीले उनको साथीलाई कसैले सिसाको बोतलले हानेको र जातीयतामा आधारित गाली गरेको उजुरी गरिन्। 

यसैगरी सान्टा क्लजमा एक एसियाली मूलको वयष्कको कुकुरलाई गोरा अमेरिकीले लात्ताले हानेको उजुरी गरे। ‘यतिमात्र नभएर उनले मलाई थुक्दै ‘तिमीहरूको रोग आफ्नै देशमा लैजाओ। यो भाइरसले हाम्रो देशलाई बर्बाद गर्‍याे, आफ्नै घर गइहाल’ भने,’ उनी भन्छन्। 

स्टप एएआइपी हेटका सहसंस्थापक सिन्थी कोइले चीन तथा चिनियाँ मूलका नागरिकलाई पटक–पटक ‘बलीको बोका’ बनाउने काम भइरहेको बताइन्।

‘एसियाली–अमेरिकीलाई पूर्णसामाजिक तथा राजनीतिक अधिकारबाट वञ्चित गराउन आप्रवासी विरोधी नीतिका साथसाथै जातीवादी विभेदलाई प्रयोगमा ल्याइएको छ,” उनले बताइन् ।  

अनुवादित सामग्री


प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपप्रधानमन्त्री तथा मन्त्रीहरुले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट

मन्त्रिपरिषदमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारीमा ओली

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पूरानै मन्त्रीहरुलाई निरन्तरता दिने भएका छन्। जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुनेबारे स्पष्ट पारिनसकेको