नेपाली कांग्रेसको १४औं महाधिवेशन तोकिएकै मितिमा : डा. शशांक कोइराला


विचार
आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७

आयाेमेल संवाददाता
भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा…

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५


नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिस्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको बताएका छन्।

सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालको आयोजनामा भएको ‘बिपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक’ कार्यक्रममा कोइरालाले सरकारको ध्यान कोरोना प्रकोप न्यूनिकरणभन्दा पनि अन्य विषयमा बढी केन्द्रित भएको बताएका हुन्।

‘सरकारले रेल, पानीजहाजका सपना बाँडेर जनताबाट भोट पाएपनि संकटका बेलामा जनतालाई जोगाउनेभन्दा कुर्सी जोगाउने लागेर असली चरित्र देखायो,’ कोइरालाले भने।

महामन्त्री कोइरालाले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताए।

कोइरालाले नेपाली कांग्रेसको संगठनलाई एकताबद्ध बनाउन र आमनेता कार्यकर्तामा उर्जा थप्नका लागि पनि १४औं महाधिवेशन आवश्यक भएको बताए। 

महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको उनले स्पष्ट पारे। उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको समायोजनको काम, क्रियाशील सदस्यताको काम सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताए।

१४औं महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र  नयाँ उर्जा थप गर्ने कोइरालाको भनाई थियो। 

कार्यक्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा बिपी कोइरालाले परिकल्पना गरेको समाजवादी व्यवस्थालाई समेटिएको बताए।

उनले कम्युनिष्टहरुले समाजवाद उन्मुख समाजवाद उन्मुख भन्ने गरेकाले धेरैमा भ्रम परेको टिप्पणी गर्दै बिपी कोइरालाले परिकल्पना गरेको जस्तै समाजवादलाई संविधानमा व्यवस्था गरेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र किरण यादवले पनि बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादका विषयमा आ–आफ्नो धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप

हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम