साउनदेखि रोटा भाइरसको खोप सुरु हुने


विचार
आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा


नेपालमा साउनदेखि रोटा भाइरसको खोप सुरु हुने भएको छ। भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणासम्बन्धी छलफल कार्यक्रममा उक्त कुरा जनाइएको हो। 

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रतिनिधि नारायणप्रसाद केसीले पूर्ण खोप सुनिश्चिताबारे प्रस्तुतीकरण दिदै नेपालमा रोटा भाइरसको जोखिम दिन प्रतिदिन बढ्दै गएको हुँदा साउनदेखि खोप सुरु हुने जानकारी दिए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने खोप अस्पतालले विशेषतायुक्त सेवा प्रवाह गरिने बताउँदै नगरबासीहरूको करबाट सञ्चालित भक्तपुर नगरपालिकाले गरिब वर्गलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवाहरू सञ्चालन गरिरहेको जानकारी दिए। 

विभिन्न खोप, औषधि र स्वास्थ्य सामाग्री सस्तोभन्दा पनि गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले औषधि किनबेचमा बढी कमीसनको खेल र भ्रष्टाचार हुनेतर्फ सजग रहन आग्रह गरे। स्वास्थ्यको पहुँचबाट टाढा रहेका जनताले अनाहकमा दुःख पाउनेहुँदा ग्रामीण क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने र अहिलेको परिप्रेक्ष्यमा घरेलु उपचार विधिलाई पनि जोगाइराख्नु आवश्यक भएको बताए।

कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख रत्नसुन्दर लासिवाले भक्तपुरका सबै बालबालिकाहरुले खोप लिनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले प्रभावकारी ढंगले खोप अभियान सञ्चालन गरिरहेको बताए।

त्यस्तै नगर स्वास्थ्य केन्द्र ब्यासीका कमलकेशरी राजचलले भक्तपुर नगरपालिका भित्रका वडाहरूको खोपको स्थितिबारे बताउँदै भक्तपुरमा बसोबास गर्ने सबै बालबालिकाहरूले पूर्ण खोप लिइरहेको बताए। कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको