राजु सदा मृत्यु प्रकरण : विरोध प्रदर्शनमा अश्रु ग्यास प्रहार


विचार
आयोमेल संवाददाता
खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ।

आयोमेल संवाददाता
सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना

आयोमेल संवाददाता
महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित


प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा मृत्यु भएका राजु सदाले न्याय पाउनुपर्ने माग राख्दै आन्दोलितहरूको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

अस्पताल र चिकित्सकलाई कारबाही गर्नुपर्ने माग राख्दै बिहीबार जनकपुरमा भएको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो।

प्रदर्शनकारीहरू उग्र बनेपछि भिड तितरबितर गर्न प्रहरीले ६ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

विरोध प्रदर्शनमा सहभागीहरूले मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेपछि हवाइ फायर तथा अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ। 

प्रदर्शनकारीहरूले मुख्यमन्त्री कार्यालयलक्षित गरी ढुंगामुढा गरेपछि तीन राउण्ड हवाइ फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला कार्कीले बताएका छन्।

यता, प्रदर्शनकारीहरुले भने शान्तिपूर्ण रुपमा गरिरहेको प्रदर्शनमा प्रहरीले दमन गरेको आरोप लगाएका छन्।

प्रदर्शनपछि जनक चोकमा आयोजित कोणसभामा बोल्दै दलित अगुवाहरूले शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले अश्रु ग्यास र लाठी प्रहार गरेको बताएका छन्। प्रहरीको लाठीचार्जबाट एकजना प्रदर्शनकारी घाइते भएको बताइएको छ।

अस्पताल र चिकित्सकको लापारबाहीका कारण राजुको आइसोलेसनमा मृत्यु भएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्न आफन्त तथा प्रदर्शनकारीहरूले माग गरेका छन्।

भारतको चेन्नइबाट फर्केका धनुषाको हंसपुर नगरपालिका बस्ने राजुलाई जेठ १४ गते क्वारेन्टाइनमा राखिएको थियो।

आरडिटी रिपोर्ट पोजिटिभ आएपछि अषाढ ८ गते उनलाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो। झाडापखाला र बान्ता भइरहेका उनको ९ गते राति छटपटिएर मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ। योसँगै अरूलाई सर्न सक्ने संक्रामक भाइरसको संख्यामा पनि कमी आउन

सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको

महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेकाे छ। पार्टी कार्यालयमा जम्मा भएका एक

देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा