नेप्सेमा झिनो अंकको वृद्धि


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.२७ बिन्दुले उकालो लागेर २ हजार ९४७.६९ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ बिन्दुले बढेर ५४८.८७ मा पुगेको छ।

कूल २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ मूल्यमा खरिद-बिक्री भए। सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुगेको छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ। बैंकिङ १६.८१, व्यापार २९.५३, होटल तथा पर्यटन ४.१३, विकास बैंक ४.३५, वित्त २.५, निर्जीवन बीमा १९८.८६ र जीवन बीमा ८५.८४ बिन्दुले बढेको छ। यस्तै, जलविद्युत ९०.५६, उत्पादन ९३.८, अन्य ८.१७, लघुवित्त ३१.०४, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६४ बिन्दुले घटेको छ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको कारोबार भयो। युनाइटेड मोदी हाइड्रोपावर रु ४७ करोड ५७ लाख ७४ हजार ५८३, नेशनल हाइड्रोपावर रु ३४ करोड ३० लाख १५ हजार ९७०, नबिल बैंक रु ३० करोड ७३ लाख ५६ हजार ७८२ र अपि पावर रु २८ करोड ३५ करोड ५४ हजार ४५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ।

नेप्सेमा अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिद्धार्थ बैंकद्वारा ‘जोन्टा क्लब अफ काठमाडौं’ लाई आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत रु. ४,९७,२०० को चेक जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण

स्प्राइटको प्रोमोसनल अभियान सञ्चालनमा

काठमाडाैं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ सञ्चालनमा ल्याएको छ।

शाओमीले ल्यायो चाडपर्व अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लीडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरुको खरिदमा विशेष छुटको घोषणा गरेको छ। मी फ्यानहरुले यस अफर

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले