म किन मर्न चाहन्छु?


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


आज ठूलै कदम उठाउँदै छु, मैले। 

जीवन र जिन्दगीभन्दा विल्कुलै पृथक। नितान्त व्यक्तिगत पनि। धेरैले भोगेको तर नसुनाएको कथा अनि व्यथा। 

एक्लैले कर्म गर्ने छु, धेरैले भोग्नुपर्ने छ। धेरैको मन दुख्ने छ अनि कतिलाई खुसी पनि। 

यो कदम गलत हुनसक्छ, कतिका लागि सही पनि। 

तर मैले विल्कुलै सही गर्दै छु, मेरा लागि। 

जानेर वा अञ्जानमा, चाहेर वा परिस्थितिले, रहर भन्नुस या वाध्यता ! यी मेरा नितान्त व्यक्तिगत कुरा हुन्। 

म ‘सु’ गरुँ या ‘साइड’ लेखु या नलेखूँ ‘नोट’ यो पनि मेरा व्यक्तिगत कुरा हुन्। त्यसो भए किन सुनाउनु प¥यो पनि भन्नुहोला– सुनाउनुपर्ने व्यथा हो अनि सुन्नुपर्ने कथा पनि, त्यसैले।

मेरो कान्छीऔलामा चाँदीको औँठी छ। त्यही औँठीले निसास्सिएको छु। गलामा चाँदीकै सिक्री पनि छ। तर अशोभनीय ठान्दछु, र त निसास्सिएको छु। 

यस्तो लाग्छ, आँखाका लागि पहिरिएको चश्मा पनि झ¥याम्म फूटेर दृष्टिविहीन बनाउँछ। दाह्री काट्ने ब्लेड चिप्लिएर मेरो घाँटी नै रेटिन्छ। 
विहान ब्रस गर्छु। लाग्छ त्यसैले घोचिएर रक्ताम्मे भएर प्राण त्याग्नेछु। 

यस्तो पनि लाग्छ, नेलकटरले काटेका नङ उछिट्टेर मेरो स्वाससँगै फोक्सोमा पुग्ने छ। त्यही नङ्ग्राले फोक्सोमा घाउ बनाउनेछ अनि त्यही घाउ क्यान्सरमा परिणत भएर मर्नेछु। 

चल्दै गरेको स्मार्ट फोन हातैमा विष्फोट हुनेछ, लाग्छ त्यसैले मेरो ज्यान लिनेछ। 

म हिडिरहेको छु बाटोमा, विपरित दिशाबाट आएको मोटरले झर्‌याम्म ठोक्नेछ। स्पटमै मेरो शरीरले प्राण त्याग्ने छ। 

कतै रहर र उत्साहले खेल्ने छु अनि कुद्ने छु। त्यही क्रममा स्वासको गति बढेर मेरो मुटु फुट्ने छ अनि रगत ‘वाक्दै’ मेरो शरीर मृत्यु शैय्यामा पुग्ने छ। 

मेरो घरको दलिनमा बाँसका घारा झुण्ड्याइएका छन्। त्यसैमा खेतीका लागि औजारहरु पनि। लाग्छ, म बसिरहेका बेला ती औजार आफै खस्ने छन्, मेरा शरीरका अंगहरु काटिनेछन् अनि राम नाम सत्य हुने छ, मेरो। 

सुतिरहेका बेला लाग्छ, म सुतेको खाट भाँचिनेछ। त्यही भाँचिएको खाटको एउटा टुक्रा उछिट्टेर मेरो भुँडी छेँड्ने छ। लाग्छ त्यही मेरो मृत्युको कारक बन्नेछ। 

म त यस्तो पनि कल्पना गर्छु, दिल खोलेर हाँसिरहेको हुनेछु आकाशतिर फर्केर। खुलेको मुखमा अचानक असिनाको डल्लाे खस्नेछ। जो घाँटीमा अट्किएर मेरो स्वास निसास्सिने छ अनि मैले हँसिलो मृत्यु अँगाल्ने छु। 

तर अहँ ! यस्ता अनगिन्ती मेरा कल्पना, परिकल्पना कहिल्यै सत्यमा परिणत भएनन्। यद्यपि, मृत्यु सधैँ फेल भइरह्यो। अहँ ! कल्पिएको मृत्युले सधैँ हार्‌यो, त्यही पनि म हरुवासँग।

मृत्यु कहीँ, कतै, कसैबाट नआएपछि अन्तिम विकल्प सुसाइड गर्ने निधो गरेको छुँ। 

र त यो नोट तयार पार्दै पनि छु। म मृत्यु पनि नितान्त सुन्दर चाहन्छु। 

उज्यालो अनुहारमा मन्द मुस्कुन भएको। 

प्राण त्याग्दा छट्पटिन्छन् पनि भन्छन्, र पनि मेरो कपालको स्टाइल जस्ताको तस्तै होस्। 

कपडा पनि टक्क मिलेको, हेर्दै स्मार्ट देखिने मृत्यु चाहन्छु। मेरो झुण्डिएको लाश देखेर सबैले जिभ्रो टोकून र भनून् ‘कठै ! विचरा !! किन मर्नुपर्‌या होला? यति राम्रो मान्छे।’ 

मेरो मृत्युको रुकावट कोही नहोऊन् र कसैको रुकावट पनि नबनोस् मेरो मृत्युले। यो मेरो व्यक्तिगत निर्णय हो। नितान्त व्यक्तिगत। 

यसै नोटमार्फत् आह्वान गर्छु कि मेरो मृत्युको कारण म आफै हुँ। दोष, रोश कसैमाथि नथोपरियोस्। अनुसन्धानले पनि भनोस्, क्या रहस्यमयी मृत्यु छ? तर राजको पर्दा यही सुसाइड नोटले मात्र उघारोस्। 

अलिकति मृत्युको कारण पनि लेख्नुपर्छ मैले। होइन भने सु–साइड–नोटमाथि अन्याय हुनेछ अनि मृत्युमाथि दमन पनि। 

बडा दुःखका साथ भन्नुपर्छ कि म मृतक बन्दै छु। म मर्दैछु। 

म मेरो प्राण र शरीरलाई अलग गराउँदै छु, त्यही पनि आफ्नै! यो मेरो वाध्यता पनि हो र रहर अनि कहर पनि। 

म असामान्य मान्छे होइन, हातमा सीप भएकै मान्छे हुँ। मसँग जीवन धान्ने क्षमता पनि छ अनि सीप पनि छ। 

अशिक्षित भन्ने हो भने उच्च शिक्षाको प्रमाणपत्र मसँगै छ। कुरुप भन्नुहुन्छ भने तपाईँ गलत सावित हनुहुनेछ। 

गरिब भन्नुहुन्छ भने मेरा सम्पूर्ण अङ्गले मलाई खाइलाग्दो कहलाउँछन्। त्यसो भए तपाईँले मलाई मेन्टल भन्नुहोला! 

म होसहवासमै भन्छु मेन्टल त झन हुँदै होइन। 

कुनै अञ्जानमा सामाजिक अपराध गरेको अपराधी पनि होइन। 

दुनियाबाट हेपिएको पनि होइन। 

जातले, जमातले ठगिएको मान्छे पनि होइन। कुनै सामाजिक तिरस्कार खेप्नुपर्ने ‘दीर्घ रोगी’ पनि होइन। 

म डिप्रेसनको शिकार पनि भएको छैन। 

मलाई मृत्युको एक्सपेरिमेन्ट गर्ने रहर त झन लागेकै होइन। जसको प्रतिफल कसैलाई सुनाउनै मिल्दैन भने त्यस्तो एक्सपरमेन्ट कसरी गर्न सक्छु? 

त्यसो भए यो प्रेममा धोका पाएको मान्छे हो, भन्नुहोला। 

प्रेममा धोका पाउनलाई त पहिले प्रेम पो हुनुपर्छ त। 

‘त्यसो भए किन मर्नु प¥यो त नि!’ पक्कै पनि तपार्इँको मनमा यो प्रश्न उठेको हुनुपर्छ। उठ्नु स्वाभाविक पनि हो। 

तर मलाई मर्नुछ, इच्छाले मर्नुछ। मलाई सु–साइड गर्नुछ। र त यो नोट तयार पार्दै छु।

अनि अर्को कुरा, यो सु–साइड–नोट भेटिँदासम्म त मेरो राम नाम सत्य भइसक्नेछ। आफूलाई मैले मारिसकेको हुनेछु। 

सुसाइड नोटको पहिलो अक्षर पढ्दासम्म मेरो आत्मा मृत्युलोकमा पुगिसकेको पनि हुने छ, सायद। अलि छिटो भेटिएछ भने आत्मा यात्रामै हुनेछ मृत्युलोकको। 

यो मानवलोकबाट म आजित भइसकेको छु। वाक्क, दिक्क, हुक्क भइसकेको छु। 

मेरा दृष्टि जहाँसम्म पुग्छन्, त्यहाँसम्म सन्तुष्टि भन्ने कुनै नाम भेट्दिन।

जीवन कति सुन्दर छ पनि भन्छन् तर सुन्दर जीवन मास्दै छन् मान्छेले नै।

एक सासमा भन्ने हो भने – हत्या, हिंसा, आतंक, बलात्कार, बेरोजगारी, मानव–मानवबीच व्यापार, लुटपात, लुछाचुँडी, डकैती, भ्रष्टाचार आदिआदि कुराले म बाँच्ने वातावरणै भएन। 

म एक्लै हिड्न डर छ, योग्यता छ जागिर खाने ठाउँ छैन, सीप छ कसैले पत्याउँदैनन्। सम्पत्ति छ, लेटेरा पछि लागेका छन्, म सभ्य, सक्षम छु तर वरिपरि पागलको बस्ती छ। त्यो पागल बस्तीमा म सद्धे मान्छे कसरी बाँच्नु? 

फेरि यो मेरो शरीरमाथि मेरै अधिकार हुनुपर्छ, अरुलाई अवसर म कसरी दिनसक्छु? 

मलाई कसैले किन लुटोस्? 

मलाई कसैले किन ठगोस्? 

मलाई कसैले किन बलात्कार गरोस्? 

मलाई अन्यायमा कसैले किन पारोस्? 

कसैले मलाई न्याय पनि किन देओस्? 

मेरा लागि कोही किन लडोस्? मेरै शरीरको रगत थुतेर, मेरै पैसाले मेरै शरीरको परीक्षण गरेर कोही डाक्टर किन बनोस्? 

ए ! म त बहकिएछु, अन्तै बगेछु। म किन मर्दै छु? किन आफैलाई मार्दै छु? किनकि म मर्न चाहन्छु। मर्न चाहेर मात्र हुन्छ र? मलाई कसैले मारेन, त्यसैले मर्दै छु। यमराजले काल पठाएनन् त्यसैले मर्दैछु। 

सबै सुतिसकेका छन्, घरमा। निकैबेर रोएर, मन बुझाएर म घरबाट निस्कँदै छु। 

स्मार्ट फोनको लाइट बाल्दै हातमा प्लास्टिकको डोरी लिएर नजिकैको जंगलमा जाँदै छु। एउटा आरिलो रूख छान्ने छु र माथि चढ्ने छु। डोरीको एउटा छेउ टुप्पो घाँटीमा हुने छ अनि अर्को रुखको आरिलो हाँगामा। यो मृत्युपत्र यत्ति नै! 

यत्ति लेखेको मृत्युपत्र मैले भेटेको हुँ। खै ! कुन झोकमा म पनि डोरी लिएर जंगल पसेको थिएँ। मलाई पनि सुसाइडको भूत चढेको थियो। मलाई यही मृत्यु पत्रले बचाएको हो। आउनुस म बाँचेको कथा सुनाउँछु। 

म डोरी लिएर रुख चढिसकेको बेला। हाँगामा डोरी बाँधिसकेको थिएँ। त्यो भन्दा पहिले पिसावले निकै च्याप्यो, के थाहा मृत्युपश्चात कट्टुमै फुस्क्यो भने? 

‘बिल्ला’ ! 

म पनि मृत्यु बडा सुन्दर चाहने मान्छे। कसैले देख्छ कि भनेर लाइट निभाएँ। त्
यो रूखको ‘साइड’मा उभिएर ‘तुक्र्याउन’ थालेँ। 

निकै बेस्सरी आवाज आयो ‘तरररररर .. !!!’ कसैले सुन्छ कि भनेर आधा भित्रै रोकेँ। 

मृत्युको बेला अपवित्र? कागजमाथि ‘मुते’ सरस्वतीको अपमान हुन्छ। 

अर्कोतिर फर्किएर फेरि ‘तुक्र्याएँ’ फेरि उस्तै आवाज? 

लाइट बालेर हेरेँ। म डराएँ! निकै बेस्सरी। रगतले लत्पत्तिएका निकै धेरै कागज देखेँ। रुखबाट हामफालेर नजिकबाट हेर्दा रुपैयाँ रहेछन्।

त्योसँगै एउटा कागज र खाम पनि। तर ती रुपैयाँ मैले छुन सकिनँ। 

धोएरै काम चलाउँला भनेर शरीरको ‘गञ्जी’मा पोको पारेँ, निकै बेरपछि। 

अनि घर फर्किएँ, मृत्युलाई रुखमै झुण्ड्याएर। तर निद्रा अहँ! कदापी लागेन। रातभरि छटपटिएँ। 

विहान भयो, घाम उदायो तर त्यो ‘गञ्जी’को पोको खोल्ने हिम्मत गरिनँ। 
के त्यसमा पक्कै त्यत्तिका पैसा छ त? अन्ततः हिम्मत जुटाएँ र पोको खोलेँ। 

अचम्म भो, त्यो त रातो अवीरले लत्पतिएका ‘नोट’ रहेछन्। 

जो मैले तुक्र्याएको पिसावले भिजेर रक्ताम्य भएका। त्यसपछि त्यो कागज र खाम समाएँ र पूरै पढेँ। 

हेर्नुस त ! भाग्यको खेला, मृत्युपत्र लेख्नेवालाले पनि सायद मृत्यु रोजेन होला। 

मरेकै भए उसको लाश हुनुपर्ने, थिएन। 

मुसुक्क हाँसे अनि एउटा नाम दिएँ मृत्युपत्रको ‘सु–साइड–नोट’। 

नाम यसरी राखेँ –‘सु’ गरेँ रूखको ‘साइड’मा। ‘नोट’मा परेछ।

 सम्झेँ मैले मृत्युलाई जितेँ। अहँ ! कदापि सकिन हार्न, मृत्युसँग। 

‘सु–साइड–नोट’ समेत कसैको ‘मृत्यु–पत्र’ बन्न सकेनछ भने मेरो यो जीवन कसरी मास्नु? अ

नि धेरै दिनसम्म पनि कसैको कुनै मृत्युको खबर कतै आएन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्योकुसिन कराते प्रशिक्षक स्वर्गीय बज्राचार्यको प्रतिष्ठानलाई आर्थिक सहयोग आह्वान

क्योकुसिन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षक स्वर्गीय रामजीप्रसाद बज्राचार्यको नाममा स्थापित प्रतिष्ठान कोषका लागि आर्थिक सहयोग जुटाउन सुरु

बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक

काठमाडौं – वैशाख कृष्ण औँसी अर्थात् मातृ सम्मान दिवस एवं आमाको मुख हेर्ने पर्वको अवसर पारेर साहित्यकार उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको

एक ग्लास वियरमा हुन्छन् २० लाख फोका

जब तपाईं ग्लासमा वियर खन्याउनु हुन्छ, फिंज फुर्रर गरेर बिटसम्मै जान्छ, अझ ढंगले गर्नु भएन भने त पोखिन पनि बेर