‘सेक्सपियरको आँगन’ बाट बेलायत चियाउँदा


विचार
आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक


'सेक्सपियरको आँगन', यात्रा-निवन्ध संग्रह हो। यसको शीर्षकबाट नै यो यात्रा इंग्ल्यान्डको हो भन्ने अनुमान गर्न सकिन्छ। किनभने सेक्सपियर विश्वका एक महान साहित्यकार हुन् जसको जन्म  इंग्ल्यान्डस्थित हेनले स्ट्रिट स्टार्टफोर्ड अपन एभन वरविकसायरमा भएको थियो। उनकै घरआँगनको तस्बिर पुस्तकको आवरण पृष्ठमा सजाइएको छ।

साहित्यकार विनोद साधकका यसअघि अनुभूति (कथा संग्रह), अल्झिएको मन (गीत, कविता संग्रह) र मुक्तियात्रा (यात्रा–निवन्ध संग्रह) जस्ता पुस्तकहरु प्रकाशन भइसकेका छन्। यो पुस्तक उनको चौथो साहित्य कृति हो। वि.सं. २०१२ मा जन्मेका साधक पूर्णकालीन समय बिताएर नोकरीबाट अवकाश भएका छन् भने विगत २२ वर्षदेखि नमूना मच्छिन्द्र क्याम्पस लगनखेल, ललितपुरमा अध्यापन गराउँदै आएका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनाचार्य (एमपिए) सम्मको शिक्षा हासिल गरेका छन्। 

सृजनशील स्वभाव भएका साधकमा नोकरी, समाजसेवा, अध्यात्म चिन्तन, नेपाली साहित्य तथा अध्यापनतर्फ अनुभव छ। आकर्षक आवरणपृष्ठ तथा पुस्तकभित्र रहेका भ्रमणका रङ्गीन तस्बिरहरुले पुस्तकलाई सुन्दर बनाइदिएको छ। पुस्तकलाई चार भागमा विभाजन गरिएको छ। पहिलो भागमा संयुक्त अधिराज्य (युके) को परिचय, साधक दम्पतीको पहिलो र दोस्रो लन्डन यात्रासँग सम्बन्धित लेखहरु छन्।

दोस्रो भागमा भ्रमण गरिएको ३५ वटा ऐतिहासिक तथा धार्मिक स्थलहरुको बारेमा राम्रो जानकारी पाइन्छ। बकिङघम प्यालेस जहाँ हालका महारानी एलिजाबेथ द्वितीय रहन्छिन्। विन्डसर कासल (किला), यो इंग्ल्यान्डको वर्कसायर काउन्टीको विन्डसर नाम भएको स्थानस्थित एक शाही किला (दरबार) हो। यी लगायत इंग्ल्यान्डका सुप्रसिद्ध स्थानहरु, पार्क, विद्यालय, हिन्दु मठमन्दिर, बजार, सडक, नेपाली चाडपर्वको विदेशमा महत्वका बारेमा साधकले मिहिन तरिकाले वर्णन गरेका छन्। 

यस संग्रहमा साधकले सेक्सपियरको सम्झनामा उनकै आँगनमा वाचन गरेको कविता पनि समावेश गरेका छन्। पुस्तकभित्र पारिवारिक र इष्टमित्र, नातेदारका गतिविधिलाई ठाउँठाउँमा समेटेर यात्रा स्मरणलाई भिन्न शैलीमा प्रस्तुत गर्न खोजेको देखिन्छ। समग्रमा 'सेक्सपियरको आँगन' नामक यात्रा निवन्ध संग्रह पुस्तक निकै सूचनामूलक, पठनीय र संग्रहणीय छ। पुस्तकको मूल्य रु ३०० राखिए पनि पुस्तकको गुणस्तर, तस्बिरहरुले मूल्यलाई न्याय गरेको पाइन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्योकुसिन कराते प्रशिक्षक स्वर्गीय बज्राचार्यको प्रतिष्ठानलाई आर्थिक सहयोग आह्वान

क्योकुसिन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षक स्वर्गीय रामजीप्रसाद बज्राचार्यको नाममा स्थापित प्रतिष्ठान कोषका लागि आर्थिक सहयोग जुटाउन सुरु

बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक

काठमाडौं – वैशाख कृष्ण औँसी अर्थात् मातृ सम्मान दिवस एवं आमाको मुख हेर्ने पर्वको अवसर पारेर साहित्यकार उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको

एक ग्लास वियरमा हुन्छन् २० लाख फोका

जब तपाईं ग्लासमा वियर खन्याउनु हुन्छ, फिंज फुर्रर गरेर बिटसम्मै जान्छ, अझ ढंगले गर्नु भएन भने त पोखिन पनि बेर