सरकारको विकल्प बहस : जसपाले गर्ला ‘गोल’?


विचार
आयोमेल संवाददाता
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु,…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ।

आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिनापछि अन्ततः वैकल्पिक सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्‍यो।

कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मात्रै मागेको छैन आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहलसमेत गर्ने निर्णय गरेको छ।
प्रतिनिधिसभा विघटन र त्यसपछि सर्वोच्च अदालतले पुनःस्थापना गरिदिँदासमेत कांग्रेसले वैकल्पिक सरकार वा सरकारको नेतृत्वका लागि खासै चासो देखाएको थिएन, खासगरेर संस्थापन पक्षले।

यद्यपि वरिष्ठ नेता रामचन्द्र पौडेललगायत संस्थापन इतर समूह भने पछिल्लो समय प्रधानमन्त्री ओलीको विकल्पमा सरकारको नेतृत्वका लागि पहल गर्न सभापति शेरबहादुर देउवामाथि दबाब दिइरहेका थिए।

‘सम्मानित सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको महिना दिन पुग्न लाग्दासमेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको राजीनामा माग गर्दछ। साथै, नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्दछ,’ कांग्रेस केन्द्रीय कार्यसमितिले शुक्रबार गरेको निर्णयमा भनिएको छ।

प्रधानमन्त्रीको राजीनामा माग गरेर कांग्रेसले वैकल्पिक सरकार गठनका लागि उ तयार रहेको प्रष्ट संकेत दिइसकेको छ। र, यसका लागि कांग्रेसले पहल सुरू गरेको पनि देखिन्छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैकल्पिक सरकार गठनका लागि औपचारिक निर्णय गरेलगत्तै अब धेरैको चासो जनता समाजवादी पार्टी (जसपा) को भूमिकाप्रति बढेको छ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै सरकार बनाउन कांग्रेसलाई साथ दिने भन्दै आइरहेको छ।

प्रतिनिधिसभा पुनःस्थापना भएकै भोलिपल्ट तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल बुढानीलकण्ठ पुगेर कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व लिन ‘अफर’ गरेका थिए।

तर, अहिले ‘परिदृश्य’ फेरिएको छ। 

त्यतिबेला प्रचण्ड र नेपालसँगै रहे पनि सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि अहिले दुवै नेता आ–आफ्नो पुरानै पार्टीतर्फ लागेका छन्।

त्यसैले, नेकपा एमाले एकतावद्ध रहँदासम्म कांग्रेस र माओवादी केन्द्रलाई जसपाको समर्थन अनिवार्य देखिन्छ।

एक हिसाबले हेर्ने हो भने–कांग्रेसले नयाँ सरकार गठनका लागि पहल थाले पनि जसपाको सहयोगबिना ‘गोल’ गर्नु सम्भव देखिँदैन।

वैकल्पिक सरकारबारे जसपाभित्र दुई धार देखिएको छ। अध्यक्ष महन्थ ठाकुरलगायत पूर्वराजपाका नेताहरू प्रधानमन्त्री ओलीसँग नजिक देखिएका छन्।

तर, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू ओली नेतृत्वको सरकारको बिदाइलाई पहिलो प्राथमिकता बनाउँदै आइरहेका छन्।

अनिर्णित रहँदासम्म कांग्रेसकै कारण वैकल्पिक सरकारका लागि मार्गप्रशस्त हुन नसकेको जसपाको आरोप थियो। प्रतिनिधिसभा विघटन गरेर ‘प्रतिगमन’ गर्ने ओली नेतृत्वको सरकार विस्थापित गर्न प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले अग्रसरता देखाउन नसकेको आरोप जसपाले लगाएको थियो।

जसपाभित्रकै अन्तरकलहलाई देखाएर कांग्रेस पनि वैकल्पिक सरकार गठनबाट पन्छिइरहेको थियो।

तर, पछिल्लो समय कांग्रेसले औपचारिक निर्णय नै गरिसकेपछि प्रधानमन्त्रीबाट ओलीलाई हटाउने विषयमा फरक धार रहेको जसपाले अब स्पष्ट धारणा बनाउन जरुरी देखिएको छ।

सरकारकै विषयमा जसपामा विभाजन आउन सक्ने वा प्रधानमन्त्रीसँग नजिक हुँदै गएका ठाकुर पक्ष बलियो देखिएकाले भट्टराई र यादवको जोड नचल्ने अड्कल पनि भइरहेको छ।

पौडेलको सक्रियता
प्रतिनिधिसभा विघटन गरेयता प्रधानमन्त्री ओलीविरुद्ध सबैभन्दा बढी खनिएका कांग्रेसका वरिष्ठ नेता पौडेलले वैकल्पिक सरकार गठनको पहल थालिसकेका छन्।

फागुन २३ अघिसम्म कांग्रेस सरकारमा जानै नहुने अडानमा रहेका पौडेलले नेकपा विवादसम्बन्धमा सर्वोच्चले फैसला गरे यता वैकल्पिक सरकार गठनका लागि नेतृत्वमाथि लगातार दबाब दिँदै आइरहेका छन्। र, उनकै दबाबमा प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकारको नेतृत्वको पहल गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको कांग्रेस स्रोत बताउँछ।

सरकार गठनकै विषयमा वरिष्ठ नेता पौडेलले आइतबार जसपा अध्यक्ष ठाकुरसँग छलफल गरेका छन्।

ठाकुर निवास हात्तीवनै पुगेर करिब आधा घण्टा छलफल गरेका पौडेलले सरकार गठनका लागि खाका तयार पार्न आग्रह गरेका छन्।
कांग्रेसले सरकारको नेतृत्वका लागि पहल गरिरहेका बेला जसपाले आफैं नेतृत्व लिनुपर्ने संकेत गरेको छ।

पौडेलसँगको छलफलमा पनि अध्यक्ष ठाकुरले लगभग उस्तै संकेत गरे।

‘सरकारको नेतृत्व आफैंले गर्ने निर्णय गरेर हामीसँग छलफल गर्नु आउनु भएको छ,’ ठाकुरले पौडेललाई भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘कसैलाई प्रधानमन्त्री बनाउनुभन्दा पनि हामीले आफ्ना मागहरूलाई प्राथमिकतामा राखेका छौं।’

अहिलेको राजनीतिक परिदृष्यमा सत्ताको चाबी पूर्णरूपले जसपाको हातमा गएको छ। र, सम्भवतः त्यस्तै अवस्थाको आँकलन गरेर प्रधानमन्त्री ओली सुरूदेखि जसपासँग सम्वाद गरिरहेका छन्।

जसपाका नेताहरू पनि आफूहरूले उठाएको मागबारे प्रधानमन्त्री सकारात्मक रहेको र काम पनि अगाडि बढिसकेको दावी गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले चाहँदैमा ओली सरकार परिवर्तन हुने सम्भावना क्षिण छ। जसपाले सरकार परिवर्तनबारे स्पष्ट निर्णय नगरेसम्म तत्काल ओली सरकार परिवर्तन हुने छाँटकाट देखिन्न।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनताकाे ‘सास’ मा ओली सरकारकाे कोटा

अक्सिजन सकिएपछि बुधबार रातभरि काठमाडौंको ट्रमा सेन्टरमा संक्रमित र आफन्तको रुवाबासी चल्यो। अस्पतालका कर्मचारीहरूले सकेजति सबै ठाउँमा फोन घुमाए तर

वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

नयाँ सरकार गठनका यस्ता छन् विकल्प

नेपालको संवैधानिक व्यवस्थानुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन्। अहिलेको सरकार नेपालको संविधानको धारा ७६

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहमाथिको कारबाही फिर्ता हुनसक्ने

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन। आजको