ओलीको विषाणुतन्त्र


विचार
आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम


हाम्रो परिवेश बसिनसक्नुको उकुसमुकुस, बेचैनी र घोर निराशाले घेरिएको छ। साथीभाइ, आफन्त र आमबन्धुजनको स्वास्थ्य र जीवन-लीला-अन्त्यका खबरहरूले हामी क्षण-क्षण मर्माहत छौं। एउटा चिरिँदो, विषादपूर्ण चित्र हामी हरेकका मनमा हुत्ता खेल्दैछ अहिले। मानिस हो, जति पनि आत्मकेन्द्रित हुने गुण हामीमा स्वाभाविक होला। तर, हाम्रो मानवीय संरचनाका पत्रहरू यसरी धुलिंदैछन्, हाम्रा नोक्सानीहरू यति गहिरिँदै छन् कि अब हामीले गर्न केही नसक्ने दिन आइसक्यो। र, यो संकट हत्तपत्त टर्नेवाला पनि छैन।

सुन्दर खनाल

प्रसंग चाहिँ कोभिड-१९ दोस्रो लहरको हो भनौं। तर, यथार्थ त्योभन्दा पेचिलो छ। हामीले चालू जीवनकालमै सुने-बुझेका महान वैज्ञानिक स्टेभन हकिन्सले भनेका ज्ञान-उद्गार यहाँ स्मरण गर्नुपर्ने हुन्छ। उनले मानवीय विनाश वा पृथ्वी प्रलयका सम्भावित माध्यमका रूपमा औंल्याएका केही कारणमध्ये पर्छ : आनुवंशिकीय परिष्कृत विषाणु (जेनेटिकल्ली मोडिफाइड-जिएम-भाइरस)। अहिलेसम्मका अध्ययनले कोभिड-१९ जिएम भाइरस होइन भन्ने देखाएका छन्। त्यसैले त कोरानो संक्रमण भएर पनि बाँच्ने र यसलाई मानव जातिले कुनै न कुनै बेला नियन्त्रणमा लिनसक्ने आस रहेको हो।

तर, नेपालका हकमा कोरोना भाइरसले जिएम भाइरसबराबरकै प्रभाव पार्ने छाँट देखिँदैछ। यसको कारण हामी नै हौं, हाम्रै राजनीतिक-सांस्कृतिक प्रवृति-संरचना हुन्।

संसारले जित्दै गएको यो भाइरस अहिले नेपाल, भारतजस्ता अराजक शासन व्यवस्था भएका मुलुकमा अतिशय विनाशलीला मच्चाउँदैछ। हामी जे कुरा पनि सजिलै भारतलाई मानक बनाएर पचाउने मनोवैज्ञानिक अभिमुखिकरणबाट हुर्केका-हुकाईएका हौं। अहिले भारतले मानेरै, माया गर्दिएरै सत्तामा टिकेका प्रधानमन्त्री केपी ओली वस्तुतः कोरोना भाइरसका मामलामा पनि भारतीय मानक नै कायम गर्ने सोचमा पुगेका हुन् भन्नेमा दुविधा रहेन। अहिले काठमाडौंलगायत सहरमा लगभग दिल्लीकै जस्तो अक्सिजन, आइसियु र औषधी हाहाकार छ, अस्पताल-डाक्टरहरूले ‘हेल्पलेस’ ‘कोल्याप्स’ भन्न थालिसके। ओली र उनको समूह, अर्धविद्रोही नेपाल-खनाल एवं अन्य सबै भाते विपक्षीहरूलाई जनता थलिएको, निस्सासिएर मर्न थालेको परिदृश्यसँग खासै वास्ता छैन। आज बेलुकीसम्म उनीहरू सत्ता लडाइँमै लठारिन्छन्। भोलिदेखि जनताको लास सडक-सडकमा पसारिँदा पनि उनीहरू चुइँक्क बोल्दैनन्। केही लाख मानिस मर्दा उनीहरूले लगाउने अर्थ यति मात्र हो- आउने चुनावमा मतदाता संख्या यति घटेछ।

अहिलेसम्म प्राकृतिक सिक्वेन्समै पाइएको कोरोना भाइरसले नेपालमा किन जिएम भाइरस (जुन एकदमै खतरनाक हुने मानिन्छ) सरह बबण्डर मच्चाउँदैछ भन्ने प्रश्नमा एक शब्दको जवाफ दिनुपरे, धेरै नकन्नुहोला। जवाफ हो- ओली। अझै ठूलो कबिला-बुद्धि जमातले राजनेता, आधुनिक जंगबहादुर, राष्ट्रवादका ठेकेदार र अंग्रेजीका धुरन्धर विद्वान ठान्ने ओलीले जानाजान दोस्रो लहरको भंगालोमा नेपाली जनतालाई ठेलेका हुन् भन्नेमा दुई मत छैन। र, वास्तवमा यो एउटा मानवियता विरुद्धको जघन्य अपराध हो। उनले पुस ५ यताका राजनीतिक घटनाक्रममा निरन्तर जनतालाई भाइरसको मुखमा धकेल्ने हर्कतमात्र गरेका छन्। तर, उनी यसको जिम्मेवारी लिन चाहिरहेका छैनन र जनता घरघरै, अस्पतालमै निस्सासिएर मरिरहँदा एक शब्द नबोली सांसदको मोलतोलमा शक्ति खर्च गर्दैछन्।

हाम्रा उपभोगका हरेक चिजमा विषतत्व विकास हुनसक्छ। हामीले दिनदिनै खाने भातै पनि बासी राख्यो भने बिसाउन सक्छ। भाइरस त आफैंमा विष हो। कोरोना भाइरसले गर्ने हानी भनेको यसमा रहने प्रोटिन स्पाइकबाटै हो, जुन हाम्रो शरीरभित्र छिर्न पायो भने कोष-कोष पुगेर तवाही मच्चाउँछ। नेपाली राजनीतिक-शासकीय परम्परामा हाबी विषतत्वलाई राज्यसंयन्त्रका सबै कोष कोषमा पुर्‍याउने अहिलेको माध्यम चाहिँ ओलीतन्त्र हो। अहिले ओलीले चाहेर पनि केही नहुने स्थिति बनिसक्यो, यो उनैले बनाएका हुन्। उनले दुई कार्यकालको प्रधानमन्त्रित्वमा स्थापित गरेको एउटै मानक हो- ओलीतन्त्रको स्तुति गरेमा अरू खत माफ।

महामारी सुरु भइसकेपछिकै अवस्थामा पनि ओम्नी प्रकरणदेखि खोप कमिसन प्रकरणसम्म ओलीतन्त्रकै पहरेदारहरू संलग्न छन्। तर, उनीहरूलाई जिम्मेवार बनाउन सिन्को भाँचिएको छैन। मानौं, अहिले कोही मानिस अक्सिजनको कालोबजारीमा रंगेहात पक्राउ पर्‍याे, तर ऊ ओलीतन्त्रका पहरेदारनिकट पुग्नसक्यो भने तुरुन्तै छुट्छ। ‘थर्मल गन’ तस्करीमा पक्राउ परेका ठूला घरानाका सुलभ अग्रवाललाई अदालतबाट कागजी सहुलियत मिलाउन र व्यवहारमा ‘एम्नेस्टी’ दिलाउन ओलीका निकटतम फाइनान्सर र मन्त्रिपरिषदकै एक सदस्यले बहुत मेहनत गरेका थिए। तिनै अग्रवालको निम्तो मानेर ओली केही साताअघि एउटा पपुलिस्ट कार्यक्रमको उद्घाटनमा सरिक भएका थिए। अब भन्नोस्, यस्तो माहोलमा कसले जनता बचाउन भनेर काम गर्ने? को जिम्मेवार भएर काम गर्ने? डाक्टरले अक्सिजन उत्पादन त गर्न सक्दैन, नर्सले आइसियु बनाउन त सक्दैनन्, नेपालका औषधी उद्योगहरूलाई रेम्डेसिभिर उत्पादननिम्ति प्रोत्साहित गर्ने बुद्धि त छँदैछैन।

विषाक्त राजनीतिको जाँतोमा पिल्सिरहेका जनतालाई भाइरसले खाइरहेको अहिलेको स्थिति युद्धग्रस्त सिरियाभन्दा कहालिलाग्दो छ। सिरियामा त आकासबाट बम खसालेको देखिन्छ, टाउको छल्न कहीँ भाग्न सकिन्छ। तर, यो सरकारले जताततै ह्वाङ्ग छाडेर फैलाएको कोरोना भाइरस त अदृश्य बम हो। आँखाले देखिन्न। बंकरमा लुकेजस्तो घरमा महिनौं थुनिउँ, सरकारले कर तिराउन छाड्दैन। घरमा खान गेडो अन्न दिन्न। यही सरकार हो, जसले सीमित निजी स्कुलहरूको भर्ना शुल्क उठाउने स्वार्थ साँध्नका लागि विचरा लालाबालाहरूलाई कोरोनाको घानमा हालेको थियो।

अलिक कर्मकाण्डीय विश्वासका बुढाखाडाहरू समाजमा अरुचिकर प्रवृत्ति देखियो भने भन्ने गर्छन्- कली बौलायो। अहिलेको यो विपत्तिका लागि त कली बौलाएरमात्र पुग्दैन। अहिले त शासकीय तप्कै बौलाएको हो, ओलीतन्त्रै बौलाएको हो। न बौलाएको भए, देहातका गरिबलाई रातारात गाडी चढाएर काठमाडौंमा तमासा गर्न ओली र प्रचण्डको किन पो प्रतिस्पर्धा चल्थ्यो? त्यही तमासाबाट जनतामा भ्रम परेको हो नि। तिनै ओली होइनन्, वैज्ञानिकभन्दा जान्ने पल्टेर अम्बाको पातलाई ‘प्रेस्क्राइब’ गर्ने? अब जनताले बिहेबटुलोमा भीड गर्न किन आँट नगरुन्? जात्रा गर्न किन नमात्तिउन्? ओलीका परमभक्तहरू (जस्तो स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतम) उल्टै जनतालाई खिस्याउँदैछन्। के डा. गौतम दलका जुलुसबारे एक शब्द बोल्न सक्छन्?

प्रायः मानिसहरू ब्युराेक्रेसीलाई पंगु भनेर भँडास पोख्न खोज्छन्। संसारमै ब्युराेक्रेसी भनेको नोकरशाही हुन्छ, उत्कृष्ट प्रजातान्त्रिक पर्यावरणमा पनि। ब्युराेरोक्रेसीका केही विशेष सीप हुन्छन्- अनुकूलताअनुसार कानुनको व्याख्या गर्ने। तर, गतिलो राजनीतिक व्यवस्था र परम्पराले ब्युराेक्रेसीलाई व्यावसायिक बनाउन सक्छ। यसले गर्दा राज्यका नीति र व्यवस्थालाई कार्यान्वयन गर्ने उनीहरूको क्षमता प्रगति उन्मुख रहन्छ।

तर, नेपालमा ठिक उल्टो छ। राजनीतिक पात्रहरुसँग दलाली गरेर आफ्नो दुनो सोझ्याउनु नै ब्युराेक्रेसीको आधारभूत चरित्र देखिन्छ। ओली सरकारका स्वास्थ्य मेसिनरी अहिले पूरै मौन र लाचार मुद्रामा छ। सरकारमाथि नैतिक प्रश्न उठाउने कोही निस्के र ती निम्छरा छन् भने तिनलाई डण्डा लगाउन परेमात्र स्वास्थ्य मन्त्रालय-विभाग बजरंगबली पारामा आउन सक्छन्। जस्तो, पोहोर डा. शेरबहादुर पुनलाई गरियो।

नितान्त व्यक्तिगत विवेकले बढाउन सकिने आत्मबल र होसियारीबाहेक नेपालमा आमनागरिक बाँच्न सक्ने कुनै ठाउँ देखिएन। झुटैझुटैले लैस ओली सरकार, त्यसैको पक्षपोषणमा लिप्त भ्रष्ट ब्युराेक्रेसी र हराम राजनीतिका कारण जनता अदृश्य शत्रुको अनिश्चित आँधीसँग भिडिरहनुपर्ने नियतिमा परे। सम्हालिनुको उपाय छैन। सम्हालिएर पनि हाम्रा चेत खुलेनन्, शासक छनोटमा हाम्रो विवेक परिमार्जन भएन भने चाहिँ अहिलेको स्थितिका लागि पनि हामी आफैं दोषी ठहरिनेछौं।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
महाराजको नस्ली घोडा, राजकन्या र किसानको छोरा

त्यस व्यक्तिले राजाको अनुहार र भाव भंगिमाले सबै कुरा बुझिसकेको थियो। उसले पानी खाएर भन्यो-महाराज हजूरले सोध्न गईरहेको प्रश्न नै

‘४१ वर्ष लेभी बुझाएकाे नेकपा एमाले त्यसै त्यागेकाे हाेइन’

यो पार्टी फुटेर के देशै डुब्छ? आकास खस्छ? एमाले भन्ने पार्टी नभएका देशहरूमा विकास भएको छैन? अमेरिका, जापान, जर्मनी, अस्ट्रेलिया,

‘राष्ट्रपतिलाई राजा वीरेन्द्रभन्दा पनि माथि मान्नुपर्ने भयो’

अब राष्ट्रपतिलाई राजा वीरेन्द्रभन्दा पनि माथि मान्नुपर्ने भयो। २०४७ सालको संविधान हो भन्नुपर्‍याे अब। प्रधानमन्त्री बनाउने अधिकारै राष्ट्रपतिलाई छ भनेर

माेदी ‘इन्ट्रेस्ट’ : ओली कि हिन्दु धर्म?

नेपालमा परिवर्तन आयो भने त्यसको एकमात्र श्रेय केपी ओलीलाई जान्छ। अचम्म त के भने ज्ञानेन्द्र शाहका समर्थकहरू खुलेर भारत र