कोरोना कहरमा केपीवादको रक्षा


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


कोभिड–१९ संक्रमण विश्वको साझा समस्या बनेको छ। वैज्ञानिकदेखि चिकित्सा क्षेत्रले यसलाई जित्न अनेक प्रयास गरिरहेका छन्। अधिकांश राष्ट्रले अहिले आफ्नो सम्पूर्ण शक्ति कोभिड परास्त गर्न लगाइरहेका छन्। किनकि, राज्यको पहिलो र अभिन्न सम्पत्ति भनेको नागरिक हुन्। नागरिकको जीवन रक्षा गर्न नसक्ने राज्य, राज्य कहलिँदैन।

अमेरिका, बेलायत, रुसदेखि जापान, कोरियासम्म अनि दक्षिण एसियाका पाकिस्तानदेखि भुटान हुँदै बंगलादेश, माल्दिभ्ससम्म हरसम्भव प्रयास सबैले गरिरहेका छन्। कतिपय राष्ट्रले कोभिडलाई परास्त गरेका छन। कतिपयका लागि यो भयावह बनेको छ। यसको पछिल्लो प्रमाण भारत हो। नेपाल पनि त्यही बाटोमा नजाला भन्न सकिँदैन।

दामोदर भट्टराई

प्रत्येक दिन भारतमा हजारौं मरिरहेका छन। दर्दनाक दृष्यले विश्वलाई रुवाइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इतिहासकै निर्लज्ज अवस्था अहिले आएको छ। कुनै कुरालाई उनले व्यवस्थित गर्न सकेका छैनन् किन? बहुज्ञानी, बहुप्रतिभा अनि बहुतार्किक क्षमताका कारण जनताले हरेक विषयमा ताली पड्काइरहे, उनले जनताका तालीमा आफूलाई विश्वको प्रभावशाली नेताका रूपमा मानिरहे फलतः सम्पन्न र शक्तिशाली ठानिएको भारत अहिले अत्यन्तै पीडामा छ।

भारतीयले यो पीडालाई शक्तिमा बदल्न सकुन् कामना गर्दछु। भारत संसारमै सर्वाधिक भ्याक्सिन उत्पादन गर्ने राष्ट्र हो। विडम्बना भारतसँग अहिले भ्याक्सिन अभाव देखिएको छ। जो उत्पादन गर्छ, उसैसँंग फल छैन। उसको आसामा बसेकाहरूको अवस्था कस्तो हुनसक्छ सहजै अनुमान लगाउन सकिन्छ।

छिमेकी भारतको साँधसिमाना जोडिएको नेपालको अवस्था आजको दिनसम्म आइपुग्दा चिच्याहटमा त पुगिसकेको छैन। तर, त्यो बाटो टाढा देखिँदैन। नेपालको राज्य सत्तामा देखिएको केपी ओली प्रवृत्तिले स्थानीय निकायसम्मलाई निकै ठूलो चपेटामा पार्न लागेको स्पष्ट देखिँदैछ। भारत र नेपालको राज्य सत्ताको समानता एकै छ किनकि राज्यसत्ता फरक मत र फरक विचारको सम्मान होइन, सुन्नसमेत चाहँदैन। राष्ट्रिय संकटको अवस्थालाई विचरण गरेर यसको समाधानतर्फ जान खोज्दैन। राज्यसत्ता आफूलाई निकै ठूलो विज्ञ ठान्दछ र भन्छ, सामान्य रोग हो जितिहालिन्छ। उसलाई अहिले न जनताको क्रन्दन सुन्ने फुर्सद छ, न चिकित्सकहरूको चिच्याहट सुन्ने फुर्सद छ।

भोको पेट र गरिब जनताबारे उसले सोच्ने त विषय नै बनेको छैन। बालुवाटारको चौघेरामा बसेर उसले भन्छ, आत्तिनुपर्दैन। बालुवाटारभित्रका चौकिदारहरूको उस्तै कुरा छ। रोगसँग आफंै बच्ने हो, अरूलाई भन्ने होइन। यो बालुवाटारको क्रन्दन हो। सकारको क्रन्दन हो। प्रधानमन्त्री केपी शर्मा ओलीका जाँबाज योद्धाहरूको धम्की हो। जनतालाई दिइएको धम्की हो। त्यहाँ राज्यका नेतृत्वकर्ता होइनन्, राज्यसत्ताको चरम दुरुपयोग गरेर राज्यदोहन गर्ने मसिहाहरूको अखडा बनेको छ। अनि त्यसको प्रभाव हरेक स्थानीय तहसम्म देखिएको छ। अन्यथा, यो भयावहमा सबै एकजुट हुनुपर्ने हो। यसको नेतृत्व सरकारले गर्नुपर्ने हो। सरकार तर्किन्छ , सरकार झर्किन्छ अनि सरकार फनफनिन्छ, किन?

कोभिडको पहिलो संक्रमणका एकाध खोप कार्य भइरहँदा प्रधानमन्त्री उद्घाटन र शिलान्यासमा यति व्यस्त देखिएका छन् कि मानौं, सबै ठिकठाक छ। भौतिक दुरी कायम गरेर भीडभाड नगर्नू भन्ने नियम सब्जीमन्डी र रिक्सागाडामा व्यापार गरेर जीविकोर्पाजन गर्नेका लागि मात्रै हो। विषम अवस्थामा प्रधानमन्त्री ओली अनि राज्य शक्तिको बचावटमा लागेका शीर्ष दलले आयोजना गरेका ठुल्ठूला भेला र आभसभा राज्यको पहुँचमा गरिनु अत्यन्तै गलत थियो।

स्थानीय गाँउबाट सत्ता प्रर्दशनका नाममा काठमाडौं ल्याइएका नागरिकलाई कोरोनाले छुँदैन भन्नु मुर्खता शिवाय के हुनसक्छ? प्रत्येक स्थानीय तहमा देखिएको केपीवादको शक्ति उन्मादले आज आफैंलाई टोकिरहको महसुस सबैलाई भएको छ। आवरणमा आएर व्यक्त गर्ने क्षमता कसैले राख्न सक्दैन किनकि अहिले सर्वसत्तावाद नेतृत्व हाबी छ। बोल्नेको आवाज रोकिन्छ। लेख्नेको कलम भाँचिन्छ, चिच्याउनेलाई ठेगान लगाइन्छ। यसबाट स्पष्ट हुन्छ कि राज्य अन्तै बरालिएको छ।

अर्कोतर्फ,

पीडित र आहत नागरिक उपचार खोजीमा भौंतारिएका छन्। अत्तालिएको राज्य भन्छ, अस्पतालमा बेड छैन, औषधी छैन, भ्याक्सिन छैन, तर केन्द्रको सिंहदरबार गाँउमा आएको छ भन्दै हिजो डुक्रनेहरू अहिले हामीसँग केही छैन भन्दै तर्कने गरेका अनेक प्रमाण बजारमा असरल्ल देखिन्छन।

प्रधानमन्त्री ओलीका हरेक मन्तव्य र भाषण अनि उनले संकलन गर्ने सूचना र दृष्य केवल उनको पहुँच होइन। उनले जिम्मेवारी दिएकाहरूले बालुवाटारमा बुझाउने होमवर्क पनि हो। ती होमवर्कमा जनताको लास, उपचार अभाव, भोको पेटको चिच्याहट देखाइँदैन। त्यहाँ केवल देखाइन्छ धरहराको प्रशंसा, रानीपोखरीको तस्बिर, ‘केपी बा आइलभ यु’ का भिडियो फुटेज, आफ्नै दलभित्रका नेताले दिएका वक्तव्यका छोटाछोटा भिडियो र अडियो फुटेज, अनि आफ्नाइतर लेखिएका र प्रशारित समाचारका लेखक र दृष्य सम्पादकका फोटा अनि प्रधानमन्त्रीको सम्बोधन हुन्छ।

एउटै कुरा, सबै ठिकठाक छ। बेठिक छ त केवल म प्रधानमन्त्रीका विरुद्ध आगो ओकल्ने मेरा सत्रुहरूको कर्तुतमात्र हो। मेरा बैरीहरूको इष्र्यामात्र हो। अझ प्रधानमन्त्रीको व्यङ्गता र प्रहसन त चलनचल्तीका कलाकारलाई समेत मात गर्ने खालका हुन्छन्। वर्तमान विश्व राजनीतिको एउटा गतिलो उदाहरण नेपाल बनेको छ। २१औ शताब्दीको कम्युनिस्ट सरकार जो दम्भ बोल्छ। अहंकार ओकल्छ। प्रतिशोधले मुरमुरिएर बस्छ। तुच्छ र स्तरहीन वाक्य प्रयोग गर्छ र आफ्नो मर्दाङ्गी देखाउँछ। उसको चाहाना फरक छ। जयजयकार सुन्न चाहन्छ। जनताको प्रत्येक लास र छटपटाहाटमा आफ्ना विरोधीको नाजायज राजनीति हो भन्ने चाकरीबाजहरूको आलेखमा रमाउन चाहन्छ। स्वाभिमान र स्वतन्त्रताको वकालतलाई आधार बनाएर खाली पेटका लाम्टामा उमङ्ग भरिएको हेर्न चाहन्छ।

सरकारको लगाव रोग र भोक होइन

कोभिड कहरले थलिएको अस्तव्यस्त अवस्थामा सत्ताको दौडधुप यति तेज बनाइएको छ कि मानौं, उपन्यासको वायुपंखी घोडा अहिले प्रधानमन्त्री ओलीले चढेका छन्। स्थानीय तहका मेयरदेखि प्रदेशका सांसदलाई उनले वायुपंखी घोडाका बछेडा दिएका छन्। प्रधानमन्त्री अल्लाहदिनको जस्तो जादु देखाइदिन्छन। सुपरम्यान र अटोम्यान जस्तो बन्न सक्छन्। ओलीवादको अनुशरणमा आफ्नो छाती फुलेको बताउन पछि नपर्ने कम्युनिस्ट सत्तावादका बछेडाहरू आफूलाई मतदान गर्ने नागरिकप्रति नोकरशाह झैं व्यवहार गर्छन्।

दिनप्रतिदिन कोरोना कहर बढ्दो छ। नागरिकमा त्रास बढ्दै गएको छ। रोगभन्दा मनोवैज्ञानिक रूपमा बढ्दो त्रासका कारण मर्नेहरू सँगसँगै रोगसँग डराएर आत्महत्या गर्र्नेको संख्या पनि बढ्दैछ। उपचार अभावमा अस्पताल बाहिर चिच्याउनेको संख्या बढिरहेको छ। राजनीतिको चक्रव्युहमा ठालु पल्टनेहरू पनि भयावह अवस्थाबीच आफ्ना परिवारको अवस्थामा धिक्कार मान्न विवश छन्।

प्रत्येक दिन संक्रमित र मृत्युवरण गर्नेको संख्या बढ्दो छ। उपचारको क्रम घट्दो छ। खोप र भ्याक्सिन उपलब्ध हुने अवस्था छैन। यो विषम अवस्थामा पनि दम्भ, अहंकार, रिस , घृणा अनि फरक विचारलाई सत्रु ठान्ने एकमात्र नेतृत्वलाई निराश र त्रासबीच बाँचेका जनताको मतलब किन हुन्छ? यहाँ न राज्य छ, न सरकार। यहाँ केपीमय रामराज्यको कल्पना छ। केपीवाद जिन्दावाद!


प्रतिक्रिया दिनुहोस्
थप समाचार
महाराजको नस्ली घोडा, राजकन्या र किसानको छोरा

त्यस व्यक्तिले राजाको अनुहार र भाव भंगिमाले सबै कुरा बुझिसकेको थियो। उसले पानी खाएर भन्यो-महाराज हजूरले सोध्न गईरहेको प्रश्न नै

‘४१ वर्ष लेभी बुझाएकाे नेकपा एमाले त्यसै त्यागेकाे हाेइन’

यो पार्टी फुटेर के देशै डुब्छ? आकास खस्छ? एमाले भन्ने पार्टी नभएका देशहरूमा विकास भएको छैन? अमेरिका, जापान, जर्मनी, अस्ट्रेलिया,

‘राष्ट्रपतिलाई राजा वीरेन्द्रभन्दा पनि माथि मान्नुपर्ने भयो’

अब राष्ट्रपतिलाई राजा वीरेन्द्रभन्दा पनि माथि मान्नुपर्ने भयो। २०४७ सालको संविधान हो भन्नुपर्‍याे अब। प्रधानमन्त्री बनाउने अधिकारै राष्ट्रपतिलाई छ भनेर

माेदी ‘इन्ट्रेस्ट’ : ओली कि हिन्दु धर्म?

नेपालमा परिवर्तन आयो भने त्यसको एकमात्र श्रेय केपी ओलीलाई जान्छ। अचम्म त के भने ज्ञानेन्द्र शाहका समर्थकहरू खुलेर भारत र