अध्यात्मवाद र भौतिकवादबीच आधारभूत अन्तर


विचार
आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।

आयोमेल संवाददाता
भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर

आयोमेल संवाददाता
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात…

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका


आजाद खड्का

अध्यात्मवाद र भौतिकवाद दुई विपरीत दर्शन वा सिद्धान्त हुन्। यी दुई विपरीत दर्शनले एउटै घटनालाई आ–आफ्नै तरिकाले हेर्ने, जाँच्ने, बुझ्ने र विश्लेषण गर्ने गर्दछन्। आदर्शवादी दर्शनलाई अध्यात्मवाद वा भाववादी दर्शन पनि भन्ने गरिन्छ। समाजमा आदिम साम्यवाददेखि वर्तमानसम्म यी दुई दर्शनबीच निरन्तर भिडन्त भइरहन्छ। एकले अर्काको खण्डन गरिरहन्छन्। अझ अध्यात्मवाद र भौतिकवाद विश्वव्यापी रूपमा एक स्थापित दर्शन वा सिद्धान्त हुन्। आत्मा–चेतनालाई पहिलो बताउने र संसारलाई आदर्शका रूपमा बुझ्ने हुनाले यो दर्शनको नाम आदर्शवादी रहन गयो। वस्तुलाई पहिलो बताउने र जीवन र जगतलाई जान्न बुझ्न सकिन्छ भनेकाले अर्को दर्शनको नाम भौतिकवाद रहन गयो। यी दुई दर्शनका आफ्नै मान्यता छन्। भौतिकवादको अर्थ वस्तुवादी भनेको पनि हो। वाद–सार्वभौम, विश्वव्यापी भनिएको हो।

यी दर्शनको जन्म समाजको वर्ग विभाजनसँगै दुई वर्गबीच भएको संघर्ष– संघर्षबाट उत्पन्न एवं विकसित चेतना वा निर्माण भएको दृष्टिकोण हो। यो दृष्टिकोण एउटा निश्चित काल, परिस्थिति वा भूगोलमा कैद नभई सदाका लागि विश्वव्यापी स्थापित भएको कारण वाद जोडिएको हो। यी दुई दर्शनका आफ्नै अनुयायी छन्। आधारभूत गरिखाने श्रमजीवि वर्गले भौतिकवादी दर्शनलाई मान्दै वा ग्रहण गर्दै आएको छ भने शोसक बसी खाने, कजाई खाने पुँजीपति वर्गले आदर्शवादी दर्शन मान्दै आएको छ। यी दुई दर्शन पनि समाजको वर्गीय विभाजनसँगै विभाजित छन्। 

जीवन र जगत बुझ्न र बदल्न सक्ने भएकाले दर्शनको महत्व छ। दर्शनले समाजमा सक्रिय भूमिका निर्वाह गर्दछ र समाजको एकतामा उल्लेखनीय हदसम्म प्रभाव पार्ने हुनाले यसको महत्व छ। दर्शनले विश्व कस्तो छ र यसको चिन्तन र परिवर्तन कसरी गर्न सकिन्छ भन्ने प्रश्नको हल खोज्ने भएकाले यसको महत्व छ। यही जीवन र जगत बुझ्ने मामिलामा यी दुई दर्शनले आफ्नो मान्यता अघि सारेका छन्। यिनका आ–आफ्नै अनुयायी छन्। हामीले यसअघि पनि चर्चा गरेका छौं कि आदर्शवाद, अध्यात्मवाद वा भाववादी दर्शनले जीवन र जगत कसले बनायो भन्ने तर्क गर्छ र यो कर्तावादी दर्शन हो र यसले जीवन र जगत कुनै अलौकिक शक्तिले जन्माएको भन्ने तर्क दिँदै एउटा काल्पनिक ईश्वरको हवाला दिन्छ र वास्तविकताबाट भाग्ने गर्दछ। यही मामिलामा भौतिकवादी दर्शनले जीवन र जगत कसले बनायो नभनी कसरी बन्यो भन्ने तर्क दिन्छ। कारण खोज्छ र यो कारणवादी दर्शन हो। यसले जीवन र जगत पञ्चतत्व (पृथ्वी, जल, वायु, तेज (प्रकाश) र आकाश) बाट  बनेको निष्कर्ष निकाल्छ। 

यी दुई दर्शनको भिन्नता खासगरी यी मुख्य तीन प्रश्नबाट छुट्ट्याउन सकिन्छ। यी तीन प्रश्नलाई हामीले दर्शनको मौलिक प्रश्न पनि भन्ने गर्दछौं। पहिलो प्रश्न– जीवन र जगत कसले बनायो वा कसरी बन्यो? दोस्रो प्रश्न– वस्तुले चेतना जन्मायो कि चेतनाले वस्तु? अर्थात, ईश्वरले प्रकृति र मानिसको रचना गरेको हो कि प्रकृति र मानिसले काल्पनिक ईश्वरको रचना गरेको हो? तेस्रो प्रश्न– यो संसारलाई जान्न बुझ्न सकिन्छ कि सकिँदैन? जीवन र जगतलाई कसले बनायो भनेर खोज्नु कर्ताको खोजी गर्नु हो र त्यसकारण यसलाई कर्तावादी दर्शन भनिएको हो। जीवन र जगत कसरी बन्यो भनेर खोज्नु कारणको खोजी गर्नु हो र त्यसकारण यसलाई कारणवादी दर्शन भनिएको हो। यो मामिलामा आदर्शवादले कर्ताको खोजी गर्छ र काल्पनिक ईश्वरमा गएर टुंगिन्छ भने भौतिकवादी दर्शनले कारणहरूको खोजी गर्छ र यसलाई प्रकृतिको देन वा उपज मान्छ। 

१. आदर्शवाद र भौतिकवादबीच अन्तर

(क) आदर्शवाद : आदर्शवादले १) चेतना पहिलो मान्दछ। २) यसले संसार जान्न र बुझ्न नसकिने निष्कर्ष निकाल्दछ। ३) यो दर्शनले संसार स्थिर रहेको र गतिशील हुन वाह्य शक्ति आवश्यक पर्ने जिकिर गर्दछ। ४) संसारका हरेक वस्तु अलग थलग छन्। यिनीहरू विखण्डित छन् भन्दछ। ५) संसारका हरेक वस्तु मानिसको दिमागबाट नियन्त्रण भएको र उसले जस्तो चाह्यो उस्तै बनाउन सक्ने निष्कर्ष निकाल्दछ। यसको ठिक विपरीत भौतिकवाद हो।

(ख) भौतिकवाद : भौतिकवादले १) चेतना वा पदार्थमध्ये पदार्थ पहिलो र चेतनालाई दोस्रो प्राथामिकतामा राख्दछ। २) यसले संसारलाई जान्न र बुझ्न सकिन्छ भन्छ। ३) यसले संसार गतिशील छ। आफंैभित्रको आन्तरिक गतिका कारण परिवर्तन भइरहन्छ भन्ने निष्कर्ष निकाल्दछ। ४) यसले संसारका हरेक वस्तु अन्तरविरोधी भएर पनि एक अर्कासँग अन्तरसम्बन्धित छन् भन्ने मान्दछ। ५) यसले संसारका हरेक वस्तु हाम्रो दिमागबाट स्वतन्त्र भएको मान्दछ।

२. ज्ञान सिद्धान्तका क्षेत्रमा आदर्शवाद र भौतिकवाद
(क) आदर्शवाद : आदर्शवादले वस्तु जगतलाई अस्विकार गरी परम चेतनाबाट प्राप्त विशुद्ध विवेक, वेद, धर्मशास्त्र, ईश्वर उपदेश वा दिव्य पुरुषको वाणीलाई ज्ञान ठान्दछ र व्यवहारलाई तिलाञ्जली दिन्छ।

(ख) भौतिकवाद : भौतिकवादले मानिसका पाँच ज्ञानेन्द्रियले प्राप्त हुने वस्तुगत तथ्यमा आधारित ज्ञानलाई वास्तविक ज्ञान ठान्दछ। ज्ञानको सत्यता र असत्यता जाँच्ने कसी व्यवहारलाई बनाउँछ।

३. संस्कार संस्कृतिको क्षेत्रमा आदर्शवाद र भौतिकवाद

(क) आदर्शवाद : आदर्शवादले धर्म, कर्म, इश्वर, व्यक्तिपूजा यौनिक उछृङ्खलता, दब्बुपना, श्रमप्रति घृणा, शोषण, निष्कृयता, निराशा, पलायन, व्यक्तिगत स्वार्थ आदि मूल्य मान्यतालाई आफ्नो आधार बनाउँछ।

(ख) भौतिकवाद : भौतिकवादले सामन्ती पुँजीवादी नैतिक मूल्य मान्यताको विरोध गर्दै नैतिकतालाई परिवर्तनशिल वर्ग सापेक्ष मान्दछ। धर्तीलाई सम्पन्न बनाउने श्रम र श्रमिकको कदर गर्ने वर्गीय इमान्दारिता, सामूहिकता र अनुशासनतर्फ ध्यान दिँदै सर्वहारा वर्गप्रति निष्ठावान भई त्यसको जगेर्ना गर्ने जीवनप्रति आशावादी भई शाषणमा आधारित समाज व्यवस्था ध्वस्त गरी शोषणविहीन समाज सिर्जनातर्फ संगठित र क्रियाशील गराउँछ।

४. समाज दर्शनका क्षेत्रमा आदर्शवाद र भौतिकवाद

(क) आदर्शवाद : आदर्शवादले इतिहास निर्माणमा जनताको भूमिकालाई लत्याएर ईश्वर राजा वा वीर पुरुषको भूमिकालाई प्रधानता दिन्छ।

ख) भौतिकवाद : भौतिकवादले श्रम शक्ति वा जनसमुदायलाई इतिहासको चालक शक्तिका रूपमा मान्दछ।

सारांश :
यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भने समाज गरिखाने र बसीखाने वर्गमा विभिाजित छ। समाज वर्गमा विभाजित भएको हुँदा दर्शन पनि वर्गमा विभाजित छ र आदर्शवादी दर्शन वा सिद्धान्त बसीखाने वर्ग वा हामीमाथि शासन र शोषण गर्ने वर्गको दर्शन हो। भौतिकवादी दर्शन गरी खाने मजदुर तथा श्रमजीवि वर्गको दर्शन हो।

यसले सर्वहारा मजदुर, गरिब किसान वर्गको पक्षमा वकालत गर्दछ। यो शोषित पीडित वर्गको पक्षमा सधैं उभिने दर्शन यो। यही दर्शनका आधारमा हजारौ वर्षदेखि उत्पीडित वर्गले मालिक पुँजीपति वर्गविरुद्व निरन्तर संघर्ष गर्दै आएको छ। आज सभ्य तथा आधुनिक समाज निर्माण भए पनि अहिले पनि शोषणको जरो जस्ताको तस्तै छ। सर्वहारा वर्गले आफ्नो मुक्तिका लागि बसीखाने मालिक तथा शोषक वर्गविरुद्व निरन्तर संघर्ष चलाइरहेको छ।

हामीले यस धर्तीलाई सम्पन्न बनाउने श्रम र श्रमिकको कदर गर्दै वर्गीय इमान्दारिता देखाउनु हाम्रो दायित्व बनाउनुपर्दछ। हामीले सामूहिकता र अनुशासनतर्फ ध्यान दिँदै सर्वहारावर्गप्रति निष्ठावान भई त्यसको जगेर्ना गर्ने कुरालाई प्राथामिकतामा राख्नुपर्दछ। सर्वहारा वर्गले सधैं जस्तोसुकै कठिन परिस्थितिमा पनि जीवनप्रति आशावादी भई शोषणमा आधारित समाज व्यवस्थाको अन्त्य गर्ने र त्यसका ठाउँमा पुँजीपति वर्गमाथि विजय प्राप्त गर्दै शोषणविहीन समाजको सिर्जना गर्नेतर्फ आफूलाई संगठित र क्रियाशील गराउँदै अघि बढ्नुपर्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलीको विषाणुतन्त्र

अझै ठूलो कबिला-बुद्धि जमातबाट राजनेता, आधुनिक जंगबहादुर, राष्ट्रवादका ठेकेदार र अंग्रेजीका धुरन्धर विद्वान ठानिने ओलीले नै जानाजान दोस्रो लहरको भंगालोमा

सरकार, मलाई एक सिलिन्डर अक्सिजन दे!

बुधबार दिउँसो भैरहवाको मेडिकल कलेजबाट एकजना चिकित्सकले फोनमा आफ्नो निरिह अवस्था सुनाउनुभयो– ‘आइसियुमा गम्भीर बिरामीहरू अक्सिजनकै भरमा बाँचेका छन्। कोभिड

दुई तिहाइको दुर्दशा : राजनीतिमा खतराको बादल

अबको राजनीति कसरी अगाडि बढ्छ? ओलीले ओगट्दै आएको सत्तामा अब को पुग्ने हुन्? वा मुलुक अर्को राजनीतिक अभ्यास उन्मुख हुने

बेला न कुबेला भोट ‘नेउला’

ओली चुनाव गराउन चाहन्छन्, आफ्नै हातले। चुनावै भनेर सत्ता लम्ब्याउनेवाला छन्। उनी त अम्बाको पात खाएर कोरोनाबाट बाँच्छन होला, तर