के हाेला अबकाे ‘उडान’?


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


नेपालमा कोरोना भाइरसका कारण हवाई सेवा बन्द भएको तीन महिना नाघिसकेको छ। नियमित उडान सेवा बन्द भए पनि उद्धार तथा कार्गो चार्टर उडान भइरहेका छन्।

सन् २०२० मार्च २५ देखि जुन २४ सम्मको तथ्यांक नियाल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कूल अन्तर्राष्ट्रिय यात्रु अवागमन संख्या २१ हजार ४ सय ९९ रह्यो भने आन्तरिक सेवातर्फ देशभर हेलिकोप्टर र अन्य वायुयानले सोही अवधिमा २ हजार ५ सय ३० यात्रुलाई सेवा प्रदान गरेका थिए।

२०१९ को सोही अवधिको दाँजोमा अन्तर्राष्ट्रिय यात्रु अवागमनमा ९८ प्रतिशतले कम हो भने आन्तरिकतर्फ ९९.८० प्रतिशतले कम हो।

नियमित उडान सेवाका लागि विमानस्थल र वाह्य क्षेत्र खुला नगर्दासम्म नेपालको आकाशमा विरलै वायुयान देखिन्छन् भने नियमित उडान सञ्चालनपछि पनि पहिलेजस्तो जमिन र आकाशमा वायुयानको भिडभाड लामो समयसम्म पनि देखिने छैन।

सन् २०१९ डिसेम्बरमा चीनको उहानमा देखापरेको कोरोना भाइरस संक्रमण विश्वभर फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २०२० मार्च ११ देखि यसलाई महामारी घोषणा गरेको थियो। मानिसको आवतजावत र भिडभाडका कारण यस्ता रोग तीव्र गतिमा फैलाउन हवाई यातायात ‘प्रमुख साधन’ भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले हवाई यातायातको माध्यमबाट यस्ता रोग फैलिन नदिन यससम्बन्धी विभिन्न मापदण्ड एवं सिफारिस बनाएर लागू गर्न सदस्य राष्ट्रलाई अनुरोध गर्‌यो।

यसै सन्दर्भमा डब्लुएचओले जारी गरेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली २००५ लाई आधार मान्दै जनस्वास्थ्यको कारण देखाइ हवाई उडानमा रोक लगाउन र आवतजावतमा पूर्णप्रतिबन्ध लगाउन नहुने कुनै राष्ट्रमा महामारीका कारण असाधारण परिस्थिति सिर्जना भए हवाई उडान निलम्बन गर्नुपूर्व डब्लुएचओसँग परामर्श लिनुपर्ने र सम्बन्धित राष्ट्रको जनस्वास्थ्यसम्बन्धी निकाय एवं जनस्वास्थ्य पदाधिकारीसँग छलफल गरेर मात्रै आवश्यक भए उडान निलम्बन गर्ने भनी आइकाओले सदस्य राष्ट्रलाई बारम्बार सूचना सम्प्रेषण गरेको थियो।

यद्यपि, आइकाओले जारी गरेको मापदण्ड एवं सिफारिस कार्यान्वयनले मात्र कोरोना महामारी रोक्न सक्ने स्थिति नदेखिएकाले सदस्य राष्ट्रलाई आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यातायातमा नै रोक लगाउनुपर्ने स्थिति सिर्जना भयो भने यस्तो विषम परिस्थितिमा सदस्य राष्ट्रलाई उचित मार्गदर्शन गर्न आइकाओ असफल भएको देखिन्छ।

लामो समयसम्म व्यवसाय बन्द रहँदा आन्तरिक वायुसेवा कम्पनीहरूले १ अर्ब ५० करोडबराबरको सञ्चालन घाटा बेहोरेको अवस्था छ, जुन आन्तरिक वायुसेवा कम्पनीहरूको वार्षिक कूल सञ्चालन नाफाको ५० प्रतिशत हुन आउँछ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयनसम्बन्धी सिकागो महासन्धि १९४४ को धारा १ ले राज्यको सार्वभौमसत्ताको पूर्णसम्मान गरेको छ भने सदस्य राष्ट्रले पनि आफ्ना नागरिकको सुरक्षाका लागि राष्ट्रिय परिस्थितिअनुसार बन्दाबन्दीको कार्ययोजना अघि बढाइरहेका छन्।

महामारी नियन्त्रणका विभिन्न उपाय अवलम्बन गरेको चार महिना बितिसक्दा पनि भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ भने यसबाट मुत्यु हुनेको संख्यासमेत नियन्त्रणमा आएको छैन।

स्वास्थ्य सेवा उपलब्ध भएको अवस्था यस्तो छ भने स्वास्थ्यको पहुँच बाहिर रहेकाको अवस्थाबारे सहजै अनुमान गर्न सकिन्छ। यस भाइरसले मानव जीवनका हरेक पक्षमा प्रभाव पारिरहेको छ भने विश्व अर्थतन्त्रमा समेत असर गरेको छ।

आइकाओले विभिन्न विश्वसंस्थाको हवाला दिँदै गत जुन अन्तिम साता जारी गरेको विवरणअनुसार २०१९ को तुलनामा २०२० मा अन्तर्राष्ट्रिय र आन्तरिक यात्रु संख्यामा ४८ देखि ६२ प्रतिशतसम्म कमी आउने देखिन्छ। त्यसैगरी विश्वका विमानस्थलले करिब ५० प्रतिशत हवाई यात्रु गुमाउनेछन् भने यसबाट करिब ५७ अर्ब अमेरिकी डलरबराबर आयमा कमी आउने छ। वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय र आन्तरिक गरी ५४.७ प्रतिशत आय गुमाउने प्रक्षेपण गरिएको छ।

२०२० मा संसारभरका पर्यटकीय गन्तव्य पूर्ण एवं आंशिक बन्द छन्। यसको कारण पर्यटन उद्योग गत वर्षको डेढ खर्ब डलरबराबरको आयको तुलनामा ९ अर्ब १० करोडदेखि ११ अर्ब १० करोड डलरबराबरले आयमा कमी आउने देखिन्छ। त्यस्तै विश्व बैंकले विश्व अर्थतन्त्रमा तीनदेखि ५.२ प्रतिशतले नकारात्मक संकुचन आउन सक्ने प्रक्षेपण गरेको छ।

नेपालमा गत वर्ष चैतदेखि महामारी नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) गरिएको छ। देशको अर्थतन्त्र र मानवीय जीवनमा यसले कहालीलाग्दो स्थिति सिर्जना गरेको छ।

यातायात, शैक्षिक, पर्यटन तथा अन्य सेवा क्षेत्र भाइरसका कारण प्रभावित बनेको छ। यातायातको महत्वपूर्ण साधनका रूपमा रहेको हवाई यातायात अहिले आर्थिक हिसाबमा धराशयी अवस्थामा पुगेको छ।

देशमा यातायातको महत्वपूर्ण साधनको रूपमा स्थापित आन्तरिक हवाई यातायातलाई बन्दाबन्दीले प्रत्यक्ष प्रभाव पारेको छ। वायुसेवा कम्पनी सञ्चालनमा व्यवसाय सञ्चालनबाट प्राप्त हुने मासिक नगद प्रवाहले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

दैनिक सञ्चालन खर्च, मर्मत–सम्भार खर्च, बिमा प्रिमियमलगायत अन्य खर्चका लागि आवश्यक पर्ने नगद प्रवाहको अभावमा वायुसेवा कम्पनीे सञ्चालन नोक्सानीेको खाडल फराकिलो बन्दै गइरहेको छ।

महामारी प्रभावका कारण नेपाली वायुसेवा कम्पनीले व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन। नेपालमा सञ्चालन भइरहेका आन्तरिक वायुसेवा कम्पनीका स्वामित्वमा रहेका वायुयान स्थानीय बैंकहरूमा धितो राखी ऋण लिई खरिद गरेका कारण समग्रमा यस्तो ऋणको रकम १२ अर्ब रुपैयाँहाराहारी छ। जसको साँवा र ब्याजको व्ययभारले वायुसेवा कम्पनीहरूको आर्थिक अवस्थामा ठूलो प्रभाव पार्ने छ।

आन्तरिक वायुसेवा कम्पनीहरूले गएको तीन महिनामा ऋणको साँवा र ब्याजका रूपमा भुक्तानी गर्नुपर्ने रकम र बिमा प्रिमियमवापत बुझाउनुपर्ने रकम लगभग १ अर्ब ४० करोड रुपैयाँहाराहारी पुगेको छ। लामो समयसम्म व्यवसाय बन्द रहँदा आन्तरिक वायुसेवा कम्पनीहरूले १ अर्ब ५० करोडबराबरको सञ्चालन घाटा बेहोरेको अवस्था छ, जुन आन्तरिक वायुसेवा कम्पनीहरूको वार्षिक कूल सञ्चालन नाफाको ५० प्रतिशत हुन आउँछ।

कम्पनीहरू सञ्चालन पुँजी अभावका कारण व्यवसायमा रहिरहन सञ्चालन खर्चमा उल्लेख्य दरमा कमी ल्याउनुपर्ने हुन्छ। कम्पनी सञ्चालनमा नआएको समयमा खर्च कटौतीको प्रमुख आधार भनेको कर्मचारी संख्यामा कटौती, अनिवार्य बेतलबी बिदा, तलव तथा सेवामा कटौतीलगायत हुन्।

आन्तरिक वायुसेवा कम्पनीहरूले पनि सञ्चालन खर्चमा कमी ल्याउन यिनै उपाय अवलम्बन गरिरहेका छन्।

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीमा हाल ३ हजार ५ सय कर्मचारी कार्यरत छन्। प्राविधिक कर्मचारीको बढी प्रभाव रहेको यो क्षेत्रमा पाइलट र इन्जिनियरको माग अहिले पनि बढिरहेकाले यस्तो जनशक्तिको तलब सुविधामा उल्लेख्य कमी गर्न सक्ने अवस्थामा सञ्चालक देखिँदैनन्।

लकडाउन खुकुलो बनाएपछि सञ्चालनमा आउन वायुसेवा कम्पनीहरूले हवाई उडानमा जनस्वास्थ्यसम्बन्धी विविध कार्ययोजना लागू गर्नुपर्ने र जनसवास्थ्यसम्बन्धी अतिरिक्त सावधानी अपनाउनुपर्ने छ। यसरी अतिरिक्त सावधानीका उपाय अवलम्बन गर्दा वायुयानको सिट क्षमतामा उल्लेख्य कमी आउने छ र यसबाट भाडा वृद्धि हुन जाने छ। 

परिणामस्वरूप सडक यातायात सञ्जाल भरपर्दो भएका स्थानमा  गाडीबाट यात्रा गर्ने बढ्नेछन्। हवाई यातायातभन्दा यात्रु सडक यातायातमा भर पर्नेछन्। जसका कारण यात्रु संख्यामा कमी आउन सक्ने सम्भावनालाई नकार्न सक्ने अवस्था देखिँदैन।

यस्तो जटिल अवस्थामा विगत १० वर्षदेखि निरन्तर वृद्धि भइरहेको यो क्षेत्रलार्ई कोरोना भाइरस असर प्रभावले नराम्ररी गाँजेको छ। देशको वायुसेवा उद्योग आफ्नो पथबाट बाहिरिने अवस्था सिर्जना हुँदैछ।

यद्यपि, सडक यातायातको भरपर्दो  सञ्जाल नभएका दुर्गममा हवाई यातायातको विकल्प नहुने भएकाले हवाई यात्रुमा कमी आउने देखिँदैन।

कोरोना भाइरसका कारण सर्वसाधारणमा देखिएको डर र त्रासका कारण हवाई यातायात प्रयोग सुरक्षित हुन सक्दछ भन्ने विश्वास गरेका कारण बाध्यात्मक अवस्थामा बाहेक यात्रुले हवाई यातायात रोज्ने सम्भावना न्यून देखिन्छ।

यसरी हवाई यात्रुको आत्मविश्वासमा कमी आएका कारण महामारीे नियन्त्रण नभएसम्म यात्रु अभावले आन्तरिक वायुसेवा कम्पनीहरू नोक्सानी बेहोर्न बाध्उ हुनेछन्।

आन्तरिक कम्पनीहरूको सञ्चालन खर्चका रूपमा पाइलट र इन्जिनियरको तलब सुविधाको हिस्सा उल्लेख्य रहेको अवस्थामा व्यवसाय सञ्चालनपछि यस्ता जनशक्तिले आफ्नो पूर्ववत सेवा सुविधा कायम राख्नुपर्ने मागमा सौदाबाजीको समयमा यस्ता जनशक्तिको हात माथि रहने भएकाले यिनीहरूका सेवासुविधा यथावत् कायम गर्न बाध्य हुनेछन्।

ऋणभारका कारण हालको स्थिति केही समय विद्यमान रहेका वायुसेवा कम्पनीले आफ्नो व्यवसाय संकुचन गर्नुपर्ने अवस्था आउने छ। 

विशेष गरी हेलिकोप्टर कम्पनीहरूले आफ्ना यानहरू स्वदेशी वा विदेशी कम्पनीलाई बेच्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ। केही हेलिकोप्टर कम्पनीले व्यवसायमा आएको कमीका कारण बन्दाबन्दीको समयभन्दा अघिदेखि नै आफ्नो अपरेसन निलम्बन गरेको अवस्था छ।

अत्यधिक सञ्चालन लागत कम गर्न र बिमावापत प्रिमियम कम गर्न यसरी बन्दाबन्दीको समयभन्दा अघिदेखि नै सञ्चालन निलम्बन गरी व्यवसायमा जीवित रहने प्रयास गरेको पाइन्छ।

वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था डाँवाडोल भएको वर्तमान अवस्था नियमित उडान सञ्चालनपछि सञ्चालन खर्चमा केही मात्रामा राहतका लागि हालको हवाई इन्धनम मूल्यले दिनसक्ने छ तर, यसमा पनि सरकारले मूल्य समायोजन गर्ने नीतिलाई निरन्तरता दिए आन्तरिक वायुसेवा व्यवसाय लगभग धराशयी हुनेछ।

दुर्गम क्षेत्रमा भाडादर निर्धारण गर्दा सामाजिक क्षेत्रलार्ई आधार मानी गरिने हुनाले यसबाट कम्पनीहरूले न्यूनतम नाफा कमाउन सक्ने अवस्था समेत रहँदैन।

पर्यटन क्षेत्रको उडानबाट प्राप्त वैदेशिक मुद्राले गर्ने  गरेको मुनाफा हालको अवस्थामा उडान सञ्चालन भएमा  दुर्गम एवं सामाजिक क्षेत्रको निर्धारित भाडादरलाई आधार मानेर वायुसेवा कम्पनीहरूको सञ्चालन भिन्नता आँकलन गरी क्षतिपूर्ति दिनुपर्ने अवस्था मिलाउन आवश्यक आन्तरिक वायुसेवा कम्पनीको लगभग १२ अर्बबराबरको बैंक ऋण भएको अवस्थामा सम्बन्धित सरोकारवाला निकाय एवं संस्थाले जनताको १२ अर्ब कसरी जोगाउन सकिन्छ भन्ने सोच्नुपर्ने अवस्था आएको छ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण सबैभन्दा बढी असर परेका व्यवसायमा पुनर्वृत्तिका माध्यमबाट राहत प्रदान गर्ने नीति लिएको छ। यस्तो सुविधा २० करोडसम्म ऋणका लागि हुने बताइएको छ।

उड्डयन व्यवसाय कोरोना भाइरस महामारीका  कारण सबैभन्दा बढी प्रभावित व्यवसाय हो र राष्ट्र बैंकका सुविधा यस क्षेत्रले पनि प्राप्त गर्न सक्ने देखिन्छ। तर, वायुसेवा कम्पनीहको ऋणको रकम ४० करोडदेखि ३ अर्बसम्म रहेकाले राष्ट्र बेंकको घोषत राहत कार्यक्रमबाट यो क्षेत्रले कुनै फाइदा लिनसक्ने देखिँदैन।

यस्तो जटिल अवस्थामा विगत १० वर्षदेखि निरन्तर वृद्धि भइरहेको यो क्षेत्रलार्ई कोरोना भाइरस असर प्रभावले नराम्ररी गाँजेको छ। देशको वायुसेवा उद्योग आफ्नो पथबाट बाहिरिने अवस्था सिर्जना हुँदैछ।

हालको अवस्थालाई नियाल्दा, हवाई यातायातको भविष्य उत्साहजनक देखिँदैन भने आफ्नो पुरानो लयमा फर्किन यो क्षेत्रलाई लामो समय लाग्ने छ। तर, आय स्रोत सरकारबाट राहत प्याकेज, उड्डयन उद्योगमैत्री नीति तथा कार्यक्रम सरकारले ल्याए यो क्षेत्रले तीन-चार वर्षभित्र आफ्नो पुरानो लय समात्न सक्नेछ। तसर्थ, सम्बन्धित पक्षले हवाई क्षेत्रलाई बचाउनेतर्फ ध्यान दिन जरुरी छ।

(गौतम नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन्।)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलीको विषाणुतन्त्र

अझै ठूलो कबिला-बुद्धि जमातबाट राजनेता, आधुनिक जंगबहादुर, राष्ट्रवादका ठेकेदार र अंग्रेजीका धुरन्धर विद्वान ठानिने ओलीले नै जानाजान दोस्रो लहरको भंगालोमा

सरकार, मलाई एक सिलिन्डर अक्सिजन दे!

बुधबार दिउँसो भैरहवाको मेडिकल कलेजबाट एकजना चिकित्सकले फोनमा आफ्नो निरिह अवस्था सुनाउनुभयो– ‘आइसियुमा गम्भीर बिरामीहरू अक्सिजनकै भरमा बाँचेका छन्। कोभिड

दुई तिहाइको दुर्दशा : राजनीतिमा खतराको बादल

अबको राजनीति कसरी अगाडि बढ्छ? ओलीले ओगट्दै आएको सत्तामा अब को पुग्ने हुन्? वा मुलुक अर्को राजनीतिक अभ्यास उन्मुख हुने

बेला न कुबेला भोट ‘नेउला’

ओली चुनाव गराउन चाहन्छन्, आफ्नै हातले। चुनावै भनेर सत्ता लम्ब्याउनेवाला छन्। उनी त अम्बाको पात खाएर कोरोनाबाट बाँच्छन होला, तर