ओलीको बुस्टर डोज ‘ठोरीको अयोध्या’ 


विचार
आयोमेल संवाददाता
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको

आयोमेल संवाददाता
अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको…

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू

आयोमेल संवाददाता
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि


प्रधानमन्त्री केपी शर्मा ओलीले एकनासे एकढड्डीको राजनीति गर्ने क्रममा उन्मत्त मुद्रा देखाइरहेको अवस्था हो यो। उनको मनोदशा बुझ्दा सबैभन्दा बढी प्रष्टिने ध्येय हो, भारतको सकेसम्म विरोध गर र राष्ट्रियता भजाउ। नेपालीलाई नक्कली नै सही, राष्ट्रियता भनेपछि भात खानु पनि पर्दैन। जसरी मर्ने बेला नारायण जपेपछि सारा पाप कट्टा हुने पण्डिते शिक्षामा हाम्रो रुढ समाज अड्केको छ, त्यसै गरी राष्ट्रियताको नारा लगाएपछि बाउसे गर्न हिँडेको असारे किसानसमेत माइतीघर मण्डलातर्फ मोडिने स्थिति बनिसकेको छ। बयलगाढा चढेर अमेरिका जाने र रत्नपार्कको आन्दोलनबाट गणतन्त्र ल्याउने विषयलाई समनार्थी देख्ने ओलीले केही दिनअघि त्यही राष्ट्रियताको उधुमखेलमा नयाँ तर्पण दिए- भगवान् श्रीरामको राज अयोध्या नेपालमा थियो। 

त्यो अवसरमा बखेडाको बर्खे खेती गर्ने उनको ध्येयचाहिँ रोचक छ। भारतीय सञ्चारमाध्यमले गरेको नकरात्मक प्रचारबाट उनी क्षुब्ध थिए भन्ने त भारतीय च्यानलहरूमाथि लगाएको प्रतिबन्धबाटै देखिइसक्यो, तर त्यसमा अझ पालोको पैंचो पुर्‌याउने मौका भानु जयन्तीमा साँध्नु चाहिँ प्रधानमन्त्रीको स्तरमा पुगेको व्यक्तिका हकमा सामान्य होइन। 

ओलीले पर्सा ठोरीमा वास्तविक अयोध्या छ भनेर आफूलाई पौराणिक रामराज्यको उत्तराधिकारी नै भनेर चित्रण गर्न खोज्या भए अझ ठिकै हुन्थ्यो। उनका समकालीन मोहनचन्द्र अधिकारी यतिबेला कम्युनिष्ट जीवन त्यागेर पूरै अध्यात्मिक भइसकेका छन्। सर्वशक्तिशाली प्रधानमन्त्री दुईचोटि भइसक्दा र आफ्ना पार्टीका गल्लावालहरू सबै मिलेर हल्लाउँदा पनि टसमस नगरेका उनले अब एकैचोटि परमात्मा जागेका कारण रामराज्यको विरासत नेपाल सारेर अमर हुने सपना पनि देख्या हुनसक्छन्। ठीक यस्तै मानसिक रुपान्तरण सम्राट अशोकमा भएको थियो, रत्नाकरमा भएको थियो। बालकोटे ओली त बरा को हुन् र!

राष्ट्रियताको नक्कली भजन गर्नेभन्दा त वर्णशंकर साम्यवादीबाट पौराणिक किस्साहरूप्रति स्वप्निल हुने धार्मिक व्यक्ति बन्नु ग्राह्य रुपान्तरण हो। कम्तीमा त्यसले तत् व्यक्तिलाई तत् खालको आनन्द दिन्छ र बाँकी जीवन केही शान्तिसहित बिताउन मदत गर्छ। तर नक्कली राष्ट्रियता र आध्यात्मको समीकरण चाहिँ गाईको दूध र ‘म्याद गुज्रेको’ रक्सीको ककटेल बराबर हो। यो रेसिपीमा धुरन्धर विशेषज्ञ बन्न खोज्नु चाहिँ केपी ओलीको अभिशप्त हविगत हो। किनकि उनी सार्वभौम मुलुक नेपालका प्रधानमन्त्री हुन्।

ओलीले आफ्नै निवासमा भानु जयन्तीको प्रवचन दिनु प्रशंसनीय हो। आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई राष्ट्रिय भाषाका रूपमा व्यापक तुल्याउन पु¥याएको योगदानबारे गणतन्त्रकालीन प्रधानमन्त्रीले बढाइँ गर्नुमा कुनै दोष छैन। तर त्यो अवसरमा बखेडाको बर्खे खेती गर्ने उनको ध्येयचाहिँ रोचक छ। भारतीय सञ्चारमाध्यमले गरेको नकरात्मक प्रचारबाट उनी क्षुब्ध थिए भन्ने त भारतीय च्यानलहरूमाथि लगाएको प्रतिबन्धबाटै देखिइसक्यो, तर त्यसमा अझ पालोको पैंचो पुर्‌याउने मौका भानु जयन्तीमा साँध्नु चाहिँ प्रधानमन्त्रीको स्तरमा पुगेको व्यक्तिका हकमा सामान्य होइन। 

धर्म अफिम हो भन्ने कार्ल माक्र्सको फरक पृष्ठभूमिको भनाइ संस्कृति र मानवसंहिताको तेजोबध गर्ने मन्त्रका रूपमा अंगीकार गर्ने रुढ क्रान्तिकारीहरू समयक्रमसँगै अहिले धर्मसंस्कृतिलाई सत्ताप्राप्ति र संरक्षणको हतियारका रूपमा प्रयोग गर्न उद्यत छन्। संस्कृत भाषाको प्रश्नपत्र च्यात्ने, संस्कृत गुरुहरूको अपमान गर्ने माओवादीहरूलाई कुनै अग्निपरीक्षाबिनै वाम गठबन्धनका नाममा च्याप्ने कार्य यसकै एउटा अकाट्य उदाहरण हो। अहिले त्यही गल्ती नेकपाभित्रै खट्किइरहँदा ओलीलाई फेरि धर्मसंस्कृतिको दुहाइ दिनुपर्ने बाध्यता बनेको हो। प्रचण्डले बाढीपीडित क्षेत्रमा गएर पार्टी बचाएँ भनेर दाबी गरिरहँदा ओलीले अयोध्या प्रकरण मच्चाउनु एउटा संयोगमात्र हुनसक्दैन। 

कम्युनिष्टको बिल्ला भारी परिरहेका पूर्व क्रान्तिकारीहरूलाई अहिले ‘ओलीनिष्ट’को नयाँ उपमा सजिलो र व्यावहारिक बन्नसक्छ। ओलीनिष्टहरूले अहिले सत्ता संरक्षणका लागि गरिएका सबैखाले हत्कण्डालाई प्राकृत सिद्धान्तसरह अनुशरण गर्न सक्छन्। उनीहरूले पार्टी कार्यालय बनाउनका लागि श्रीमद् भागवत गीता कथावाचन सात, नौ दिन अनुकूलताअनुसार गराउन सक्छन्। चुनाव खर्च उठाउन अश्वमेघ यज्ञ गराउन सक्छन्। जसमा चन्दा हुर्याउने व्यापारी, ठेकेदारहरूलाई स्तरअनुसारको यज्ञवस्त्र, फूलप्रसाद, प्रशंसापत्र, माइकबाट नाम फुकेर अभिनन्दन, इत्यादि गराउन सक्छन्। यी कार्यक्रमहरूमा अझ हिन्दी भाषाका भजनमाथि प्रतिबन्ध लगाइयो भने राष्ट्रियता झन् जागृत भएर आउने सम्भावना रहन्छ। 

सरकारी जग्गा हत्याउनेहरू उल्टै पुरस्कृत भएका छन्। कोरोना भाइरस महामारी नियन्त्रणका खरिद कार्यहरूमा शृंखलाबद्ध भ्रष्टाचार भइरहँदा प्रधानमन्त्रीको रौं हल्लेको छैन। तथ्यले घेरिँदा उनी हँस्यौलीले टार्छन्। सञ्चारमाध्यमले प्रश्न गर्दा त्यसको जवाफमा उनको कुनै रुचि छैन। संसद र पार्टी संयन्त्रप्रति जिम्मेवार देखिने थोरै चेष्टा पनि राख्दैनन्।

ओली तत्कालीन एमालेको संगठन निर्माणमा अनौठो विरासत भएका मान्छे हुन्। उनी कोठैमा बसी बसी बाहिर टाउको फोर्नेहरूले भन्दा बढी तरक्की गरेका नेता हुन्। आध्यात्मतिर लच्किएका हुन भने ओलीले गणेश र कुमारको कथा पक्कै मनन गरेको हुनपर्छ। मोटा गणेशले बाबुआमा महादेव–पार्वतीको समेत चाकडीको भरमा मन जित्ने भ्याए, सुमेरु पर्वत परिक्रमामा गएका कुमार जिल्ल परे। ओलीले यही गणेश नीति रूचाएका कारण नेकपाको वास्तविक एकता मक्किएको तथ्य स्थापित भइसकेको छ।

पार्टी संगठनको सुमेरु पर्वतभन्दा ओलीको बालकोटे कैलाश भवन चक्कर लगाएका कारण एउटा समूहले अतिशय लाभ पाएको छ, ७० करोड भ्रष्टाचारको अकाट्य पुष्टि हुँदा मुद्दासमेत चलेको छैन। सरकारी जग्गा हत्याउनेहरू उल्टै पुरस्कृत भएका छन्। कोरोना भाइरस महामारी नियन्त्रणका खरिद कार्यहरूमा शृंखलाबद्ध भ्रष्टाचार भइरहँदा प्रधानमन्त्रीको रौं हल्लेको छैन। तथ्यले घेरिँदा उनी हँस्यौलीले टार्छन्। सञ्चारमाध्यमले प्रश्न गर्दा त्यसको जवाफमा उनको कुनै रुचि छैन। संसद र पार्टी संयन्त्रप्रति जिम्मेवार देखिने थोरै चेष्टा पनि राख्दैनन्। सारा अपजसबीच बेला–बेला राष्ट्रियताका नयाँ नयाँ रमिता निकालिरहन्छन्। 

ओलीको यो कार्यकालमा नेपालमै दुःखी नभई बाँच्ने हो, निम्न कुराहरूलाई सामान्य भएर हेर्नुपर्नेछः 

–अब सुशासन होइन, ठोरी हुँदै रामराज्यको विस्तार गर्ने नारा लाग्नेछ। 

–भ्रष्टाचार सर्वस्वीकार्य हुनेछ, तर राष्ट्रियताको ‘र’ पनि हल्लन पाउँदैन। 

–भारतलाई गाली गर्नेले त्यति नै पुरस्कार पाउनेछ, जति ढुकुटी मास्नेले भेटिरहेका छन्। 

–भारतको दुईपैसे टेलिभिजनले बजाएको जिंगलअनुसार बालुवाटार र सिंहदरबारभित्र ‘काउन्टर’ धुनहरु बज्नेछन् । 

–कोभिड–१९ जस्तै अर्को महामारी आइलागे बेसारजस्तै अर्को कुनै बुटी खाने अपिल प्रधानमन्त्रीले संसदबाट गर्नेछन्। 

–कुनै नेताले प्लटिङ, डोजर, ठेक्कालगायतका कामबाट मालामाल भइरहेको स्थिति हो भने ऊ कुनै न कुनै तहको ओलीप्रिय (अलोकप्रिय होइन) व्यक्ति भएको ठहर्ने छ। 

ओलीले अर्को चुनावमा आफ्ना भारदार एवं विभिन्न तहका प्रवृत्तिगत उत्तराधिकारीलाई ठिक ठिक तबरले पदस्थापन गराउन कति के कसरी तयारी गर्दैछन् भन्ने बुझ्न तमाम रमिताहरू सहायकसिद्ध छन्। उनका लागि चुनावमा पैसाको खोलो बगाउन थुप्रै ओम्नी समूहहरूले एकसाथ काम गरिरहेका छन्।

केही गोकुलहरू धुमधाम लागिरहेका छन्। रामभरोसेमा रहेका भोका, रोगी र दुःखी जनता पनि सधैं खान, बाँच्नुपर्छ भन्ने चिन्ता उनीहरूमा छैन। चुनावी भोज राम्रो गर्दिए पुग्नेमा उनीहरु ढुक्क छन्। त्यसअघि बेला बेला खानका लागि दुई खाले चक्की दिनेछन्– राष्ट्रियता र भारत। कहिलेकाहीं बुस्टर डोज चलाए भो, जस्तो ठोरीको अयोध्या। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकार, मलाई एक सिलिन्डर अक्सिजन दे!

बुधबार दिउँसो भैरहवाको मेडिकल कलेजबाट एकजना चिकित्सकले फोनमा आफ्नो निरिह अवस्था सुनाउनुभयो– ‘आइसियुमा गम्भीर बिरामीहरू अक्सिजनकै भरमा बाँचेका छन्। कोभिड

दुई तिहाइको दुर्दशा : राजनीतिमा खतराको बादल

अबको राजनीति कसरी अगाडि बढ्छ? ओलीले ओगट्दै आएको सत्तामा अब को पुग्ने हुन्? वा मुलुक अर्को राजनीतिक अभ्यास उन्मुख हुने

बेला न कुबेला भोट ‘नेउला’

ओली चुनाव गराउन चाहन्छन्, आफ्नै हातले। चुनावै भनेर सत्ता लम्ब्याउनेवाला छन्। उनी त अम्बाको पात खाएर कोरोनाबाट बाँच्छन होला, तर

कोरोना कहरमा केपीवादको रक्षा

कोभिड कहरले थलिएको अस्तव्यस्त अवस्थामा सत्ताको दौडधुप यति तेज बनाइएको छ कि मानौं, उपन्यासको वायुपंखी घोडा अहिले प्रधानमन्त्री ओलीले चढेका