post-slider post-slider

आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्याण्डसँग नामिबिया ७ विकेटले पराजित

Image
A A

काठमाडौं, फागुन ७ - नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको छ।

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो।

नामिबियाले दिएको १२४ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २७.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ३५.१ ओभरमा अलआउट हुँदै १२३ रन मात्र बनाएको थियो।

नामिबियाको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा नेदरल्याण्डसका बलर आर्यन दत्तले सर्वाधिक ६ विकेट लिएका थिए। आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिएका थिए। 

यो जितसँगै नेदरल्याण्डसले लिग-२ मा २ अंक हासिल गरेको छ। लिग-२ का २-२ खेल सकिँदा नेपाल, नामिबिया र नेदरल्याण्डसको २-२ अंक भएको छ र रनरेटको आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ।

 

Tags: