post-slider post-slider

अमेरिकी राष्ट्रपति बाइडेन बुधबार इजरायल जाँदै

Image
A A

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन युद्धमा होमिएको इजरायल जाने भएका छन्।

अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनका अनुसार राष्ट्रपति बाइडेन बुधबार इजरायल भ्रमणमा जान लागेका हुन्।

सोमबार अमेरिकी राजनीतिज्ञ, विदेशमन्त्री र इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूबीच भएको सात घन्टा लामो बैठकपछि बाइडेनको इजरायल भ्रमणको घोषणा भएको हो।

विदेशमन्त्री ब्लिङ्कनले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनलाई इजरायल युद्धबारे विस्तृत विवरण र युद्ध रणनीतिबारे जानकारी दिइनेछ।

साथै इजरायलले आफ्नो अभियानलाई कसरी अगाडि बढाउँछ जसले नागरिकको मृत्यु नहोस् र प्यालेस्टिनी नागरिकसम्म सहयोग पु¥याउन सकियोस् भन्ने अनुमति पाउने विषयमासमेत छलफल हुनेछ।

इजरायलका प्रधानमन्त्री नेतन्याहूको निमन्त्रणमा राष्ट्रपति बाइडेन त्यसतर्फ जान लागेका हुन्।

राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जौन किर्बीले इजरायलका लागि एकजुटता प्रकट गर्ने र गाजामा आमनागरिकलाई सहायता पु¥याउने उद्देश्यतर्फ बाइडेनको भ्रमण केन्द्रित रहेको बताएका छन्।

किर्बीले भने,‘उहाँले मानवीय सहायताको विषयमा चर्चा गर्नुहुनेछ। हमासलाई फाइदा नपुग्ने गरी सहयोग होस् भन्ने विषयमा छलफल हुनेछ।’

इजरायल भ्रमणपछि बाइडेन जोर्डन जानेछन्।

त्यहाँ उनको जोर्डनका राजा अब्दुल्ला, मिस्रका राष्ट्रपति अल–सीसी र फिलिस्तिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बाससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

 

Tags: