post-slider post-slider

प्रतिनिधि सभामा प्रधानमन्त्रीको स्पष्टिकरण, अर्को बैठक असार २९ मा बस्ने

Image
A A

काठमाडौं- प्रतिनिधिसभा बैठक आगामी असार २९ गतेसम्म स्थगित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो। 

अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएर सकेसँगै सभामुखले बैठक असार २९ गते शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गरे। 

सोमबारको बैठकमा कार्यसूचीमा रहेका दुईदेखि पाँचसम्मका एजेन्डा सूचीमा हटाएर पूर्वसांसद लालकाजी गुरुङ्को शोक प्रस्ताव पारित गर्दै बैठक स्थगन भएको हो। अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ। 

Tags: