post-slider post-slider

हमाससँगको युद्दमा २२५ इजरायली सैनिकको मृत्यु

Image
A A

तेल अहिव, माघ २२ (एजेन्सी) - इजरायल र हमासबीचको लडाइँ अझै जारी छ। 

जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ। 

इजरायली रक्षा बल (आइडिएफ)का अनुसार गत अक्टोबर ७ देखि यता भएका युद्दमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ। 

साथै, पछिल्लो समयमा २४ वर्षीय सार्जेन्ट फर्स्ट क्लास शिमोन येहोशुआ असुलिनको दक्षिणी गाजामा हमासविरुद्धको लडाइँमा मृत्यु भएको इजरायलले जनाएको छ। 

टाइम्स अफ इजरायलका अनुसार हालै मृत्यु भएका सैनिक येहोशुआ इजरायलको बेइट शेमेशका बासिन्दा थिए र हरेल ब्रिगेडको ९२४ औं इन्जिनियरिङ बटालियनमा कार्यरत रहेका थिए थिए। दक्षिणी गाजा पट्टीमा उनको हत्या भएको हो।

उता, इजरायलले लेबनानका विभिन्न स्थानमा आक्रामण गरेको जनाएको छ। 

शनिबार मात्रै दक्षिणी लेबनानको तैबेह गाउँमा रहेको हिज्बुल्लाह भवनमा हवाई हमला गरिएको थियो। दिनभरि आइडिएफले लेबनानका विभिन्न स्थानहरूमा तोपका गोलाहरू प्रहार गरेको हो। तर, त्यस हमलाबाट कति हताहत भए भन्ने बारेमा कुनै जानकारी दिइएको छैन। 

हिजबुल्लाह लेबनानमा एक शिया राजनीतिक र अर्धसैनिक संगठन हो। हिजबुल्लाह लेबनानी गृहयुद्धको समयमा स्थापित भएको समुह हो, जसको नेतृत्व हसन नसरल्लाहले गरिरहेका छन्।

 

Tags: