post-slider post-slider

हैजा तथा झाडापखाला लगायत पानी जन्य रोगहरूबाट बच्ने उपाय

Image
A A

काठमाडौं । वर्षातको समयमा झाडापखाला र हैजाको जोखिम बढि हुन्छ । यो धेरै वर्षदेखि महामारीको रूपमा देखापर्दे आइरहेको समस्या हो । 

यो रोग जुनसुकै समयमा फैलन सक्छ । तर, गर्मीमा बढी फैलिने गर्छ । हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्ने विश्व स्वास्थ संगठनले जनाएको छ।

संगठनको अनुसार भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरिया का कारण यो रोग लाग्छ ।  विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिसलाई हैजा भएको हुन सक्छ
हैजाका कारण बर्सेनि २१ हजार देखि १ लाख ४३ हजार मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ। 

हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ। गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट स्लाइन दिएर उपचार गर्नुपर्छ। 

अरू पानी जन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन् ।

हैजा तथा झाडापखाला लगायत पानी जन्य रोगहरूबाट बेच्ने केहि उपायहरु यस्ता छन्। 

उमालेर वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउने

खानेपानीलाई सधैं सफा भाँडामा ढाकेर राख्ने। सफा भाँडाले मात्र खानेपानी निकाल्ने

खानेकुरालाई राम्ररी पकाएर मात्र खाने। सडेगलेको, बासी र झिङ्गा भन्केका खानेकुरा नखाने । खानेकुरा सफा भाँडाले ढाकेर राख्ने।

खाना बनाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यलय छिर्नु अघि, बाहिरी सामान छोएपछि साबुन पानीले कम्तिमा २० सेकेन्डसम्म मिचि मिचि हात धुनुपर्छ।

साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजर प्रयोग गर्नुपर्छ।

दिसा पिसाब चर्पीमा मात्र गरौं र बालबालिकाको दिसा पिसाबलाई पनि चर्पीमा नै फ्याकनुपर्छ।

झाडापखाला भएमा तुरुन्त पुर्न जलीय झोलसँगै प्रशस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खानुपर्छ।

हैजा तथा झाडापखालाका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।

Tags: