post-slider post-slider

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

Image
A A

काठमाडौं- राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।

मन्त्री राईले राखेको प्रस्ताव पारित भएको हो।

बैठकमा सांसदहरूले आवश्यक्ता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए।

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमाथिको छलफल सकिएको छ।

राष्ट्रियसभाको अर्को बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा याताया, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शिर्षकहरूमाथि छलफल हुनेछ।

राष्ट्रियसभाको अर्को बैठक मंगलबार अपराह्न १ः०१ बजे बस्नेछ।

 

Tags: