post-slider post-slider

एसिया कपका लागि भारतीय टिमको घोषणा

Image
A A

काठमाडौं- भारतले एसिया कप क्रिकेटका लागि टिमको घोषणा गरेको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले सोमबार एसिया कपका लागि रोहित शर्माको नेतृत्वमा १७ सदस्यीय टिमको घोषणा गरेको हो।

शर्मा कप्तान रहेको टिममका केएल राहुल र श्रेयस अय्यरले पुनरागमन गरेका छन्।

चोटका कारण मध्यक्रमका यी दुवै ब्याट्सम्यान टिम बाहिर थिए। केएल राहुल र श्रेयस दुवै जना एसिया कपका लागि फिट घोषित भएका छन्।

त्यस्तै तीव्र गतिका बलर जसप्रित बुमराह पनि झन्डै एक वर्षपछि टिममा फर्किएका छन्। उनी पनि चोटका कारण टिम बाहिर थिए।

आयरल्यान्डसँग भइरहेको खेलमा खेल्दै आफूलाई फिट सावित गरेका बुमराहले विश्वकपअगाडि एकदिवसीयमा आफूलाई प्रमाणित गर्ने अवसर पाएका छन्।

आइपिएल र वेस्टइन्डिजविरूद्ध भएको टि–२० श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका तिलक वर्माले पहिलोपल्ट भारतीय टिममा स्थान पएका छन्। ३१ अगस्तबाट सुरू हुने प्रतियोगितामा भारत, नेपाल र पाकिस्तान एउटै समूहमा रहेका छन्।

एसिया कपको उद्घाटन खेल नेपाल र पाकिस्तानबीच हुनेछ भने १८ भदौमा नेपाली टोली भारतविरूद्ध श्रीलंकाको क्यान्डी मैदानमा उत्रिने छ।

यस्तो छ भारतीय टिम  :

रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), सुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किसन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुुर, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, कुलदीप यादव, प्रसिद्ध कृष्णा

वैकल्पिक खेलाडी : सन्जु सामसन

 

Tags: