post-slider post-slider

'सहकारी सञ्चालकहरूलाई फरार सूचीमा राखेर सरकारले रमिता हेरेर बसेको छ'

Image
A A

काठमाडौँ – नेकपा एमालेकी सांसद विद्या भट्टराईले सहकारीको रकम हिनामिना गर्ने सञ्चालकहरूलाई कारबाही गर्न किन नसकेको भन्दै सरकारलाई प्रश्न गरेकी छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईले सरकार यसप्रति गम्भीर हुन नसकेको पनि आरोप लगाइन्।

बैठकको शून्य समयमा सांसद भट्टराईले पोखरा महानगरमा रहेका ३६७ वटा सहकारीमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको बताइन्।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारी संचालन प्रक्रियामा विचलन आएको भनी गत भदौ २५ गते नै सरकारलाई सुझाएको उल्लेख गर्दै उनले भनिन्, ‘सूर्य दर्शन सहकारीका मुख्य संचालकहरुलाई फरार सूचीमा राखी सरकार रमिता हेरिहरको छ। रकम हिनामिना गर्ने व्यक्तिलाई कारबाहीलाई गर्न कसले रोक्यो? म सरकारसँग स्पष्ट जानकारी माग गर्दछु।’

Tags: