post-slider post-slider

खाँणको बचाउ गर्दै विश्वकर्माले भने–घरको सदस्य पक्राउ पर्दा डेलिगेसन जाने?

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बचाउ गरेका छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै विश्वकर्माले केन्द्रीय सदस्यसमेत रहेका खाँणको बचाउ गर्दै पार्टीकै केही नेताप्रति आक्रोश व्यक्त गरेका हुन्।

खाँण पक्राउ परेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ नजिक पुगेर पार्टीका नेताहरूले धन्यावाद दिएको प्रति उनले आक्रोश व्यक्त गरे।

विश्वकर्माले भने,‘कांग्रेस एउटा घर हो। यो परिवारको सदस्यलाई लान्छना लाग्यो। अनि छिटो पक्र भनेर डेलिगेसन जाने? त्यति आदर्शवादी भयौं हामी? त्यसो भए त हाम्रो पक्षबाट वकिल राख्न भएन।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि खाँणलाई निलम्बन गर्न कांग्रेसभित्रै माग उठेको छ। खाँणलाई निलम्बन गर्न उठेको मागप्रति पनि विश्वकर्माले आपत्ति जनाएका छन्।

‘पार्टीले नै दोषी र निर्दोष करार गर्ने भए अदालत किन चाहियो?’ प्रश्न गर्दै उनले भने,‘पार्टी बैठकले फैसला गर्ने हो भने वकिल किन राख्नुप¥यो? पक्ष विपक्षमा कांग्रेसले छलफल गर्ने हो भने अदालत किन चाहियो?’

अरू पार्टीले आफ्ना सदस्य जोगाउन बचाउन लागिरहँदा आफ्ना नेताहरू गृहमन्त्रीकहाँ डेलिगेसन गएको विश्वकर्माले बताए।

कांग्रेस अप्ठ्यारोमा भन्दा पनि अलमलमा रहेको उनको भनाइ छ।

 

Tags: