post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेसमा पूजा चौधरीलाई जसपाले बनायो उम्मेदवार

Image
A A

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको छ।

जसापका प्रवक्ता मनिष सुमनले राष्ट्रियसभा सदस्य निर्वाचनमा रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए।

चौधरीले गत मंसिरमा सम्पन्न आम चुनावमा रौतहटबाट प्रदेससभा सदस्यका लागि प्रतिस्पर्धा गरेकी थिइन्।

आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा जसपाले मधेस प्रदेसमा एक सिट पाउने सहमति जुटेको थियो।

सिटको बाँडफाँट टुंगिएसँगै जसपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो।

माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ।

 

Tags: