post-slider post-slider

नेपाल-ए क्यानडा-११ सँग ४ विकेटले पराजित

Image
A A

काठमाडौं - क्यानडाले नेपाल-ए क्रिकेट टिमलाई पराजित गरेको छ।

आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल-ए लाई ४ विकेटले पराजित गरेको छ।

नेपाल-ए ले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

यसअघि मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ गर्दै नेपाल-ए ले ५० ओभरमा ८ विकेट गुमाउँदै २१६ रन बनाएको थियो।

नेपाल-ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए।

त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ रनको योगदान दिएका थिए।

त्यस्तै क्यानडा-११ का बलर साद बिन जाफरले सर्वाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहीले २ विकेट लिएका थिए।

योसँगै ३ खेलको सिरिजमा क्यानडा १-० ले अगाडि भएको छ। अब सिरिजको दोस्रो खेल फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने छ। 

Tags: