post-slider post-slider

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

Image
A A

काठमाडौं- इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

हेलिकप्टरमा सवार इरानका राष्ट्रपति र विदेशमन्त्रीसहित सबैको मृत्यु भएको तास्निम न्यूज एजेन्सीले उल्लेख गरेको छ।

यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए।

उद्धार टिमले हेलिकप्टरको पुच्छर पहाडमा ठोक्किएर खसेको अवस्थामा भेटिएको बताएका छन्।
 

Tags: