post-slider post-slider

राष्ट्रियसभाबाट पनि बजेट पारित

Image
A A

काठमाडौं- सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक बजेट संघीय संसदका दुवै सदनबाट पारित भएको छ।

बिहीबार राष्ट्रियसभा बैठकबाट पनि पारित भएसँगै बजेट दुवै सदनबाट पारित भएको हो।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक, २०८० लाई राष्ट्रियसभा बैठकले बहुमतबाट पारित गरेको छ।

बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

मन्त्री महतले प्रस्तुत गरेको प्रस्ताव राष्ट्रियसभा बैठकबाट बहुमतले पारित भएको हो।

त्यसअघि विधेयकका विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो।

बैठकमा विनियोजिन विधेयक, २०८० अन्तर्गतका विभिन्न शिर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।

प्रतिनिधिसभाबाट गत असार १३ गते बजेट पारित भएको थियो। अर्थमन्त्री महतले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए।

संघीय संसदका दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ।

 

Tags: