post-slider post-slider

भारत नेपालको आफन्त हो, चीन मित्र – निधि

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले चीनसँग नेपालको मित्रवत सम्बन्ध रहेको र भारत आफन्त रहेको बताएका छन्।

भारतको राजस्थानस्थित भीलवाडामा एसगेट स्कुलमा उद्योगपति एवं सामाजिक संस्थाका पदाधिकारीहरूसँगको संवादमा निधिले यस्तो बताएका हुन्।

भारतसँग शत्रुतापूर्ण सम्बन्ध रहेको देशका साथ नेपाल नरहेका उनले बताए।

‘त्रेता युगमा भारत र नेपालको सम्बन्ध रहेको थियो। त्यस्तै सम्बन्ध अहिले कलयुगमा पनि पनि छ। भारतको दुश्मन देशका साथमा नेपाल कहिल्यै छैन,’ निधिले भने,‘चीनसँग नेपालको मित्रता रहेको छ, जबकि नेपाल–भारत आफन्त जस्तै हो।’

उनले नेपाल र भारतको सम्बन्धी भगवान राम र माता सीताको समयदेखि स्थापित भएको जिकिर गरे।

‘नेपाल–भारत सम्बन्ध कुनै सरकारले बनाएको होइन, यो सभ्यता र जनस्तरमा बनेको सम्बन्ध हो। यो सम्बन्ध सँधै कायम ररिरहन्छ,’ निधिले भने,‘यो सम्बन्ध युगौंसम्म कायम रहिरहोस् हाम्रो चाहना हो।’

अयोध्यामा निर्माण भइरहेको राम मन्दिरमा प्रतिमाका लागि नेपालको कालीगण्डकीबाट शीला पठाउन पाउँदा आफूहरू गौर्भान्वित भएको उनले बताए।

निधिले तोकिएकै समयभित्र अयोध्यामा राम मन्दिर निर्माण कार्यले पूर्णता पाउने विश्वास व्यक्त गरे।

‘हामी राजा जनककी पुत्री माता सीताको क्षेत्रका हौं। सरकारले निर्णय गरेर कालीगण्डकीबाट शीला पठाएको हो,’ उनले भने,‘राम मन्दिरको निर्णय निर्धारित समयभित्र हुन्छ भन्ने विश्वास हामीले लिएका छौं।’

उनले राम मन्दिरको निर्माण नेपाल र भारतका लागि मात्रै नभएर विश्वसका हिन्दूहरूका लागि गौरवको विषय भएको उल्लेख गरे।

विद्युत उत्पानको व्यापक सम्भावना भएको नेपालबाट निर्यातका लागि दुवै देशका सरकारबीच छलफलहरू भइरहेको निधिले बताए।

‘भारतमा बिजुलीको कमी रहेको छ, जबकि नेपालमा उल्लेख्य सम्भावना छ,’ उनले भने,‘नेपालको हाइड्रो पावरमा भारतले लगानी गरोस् भन्ने हाम्रो चाहना छ।’

 

Tags: