post-slider post-slider

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

Image
A A

काठमाडौं- प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ।

सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको छ।

यसअघि सत्ता पक्ष र विपक्षी दलहरु आ-आफ्नो रणनीति बनाउन व्यस्त रहेका छन्। आजै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन्।

त्यस्तै, नेपाली कांग्रेसले भने आफ्नो संसदीय दलको बैठक बसेको छ भने कांग्रेसले संसदमा रहेका विपक्षी दलहरुसँग समेत छलफल गरेको छ।
 

Tags: