post-slider post-slider

‘भ्रष्टाचारविरूद्धका प्रयासले जनतामा उत्साहको नयाँ रक्तसञ्चार भएको छ’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार भएको बताएका छन्।

वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘पछिल्लो समय भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ। यसले नयाँ राष्ट्रिय एकता र समुन्नततिको जग आधार खडा भएको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानमा साथ दिने नागरिकलाई आभारसमेत व्यक्त गरे।

उनले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्मअनुसार अघि बढिरहेको बताए।

‘वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको छ,’ प्रचण्डले भने।

 

Tags: