post-slider post-slider

इन्जिनियरविरूद्ध ३ करोडको भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका एक इन्जिनियरविरूद्ध ३ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

अख्तियारले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय दाङका इन्जिनियर रामबहादुर रानाभाटविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

रानाभाटको ३ करोड १५ लाख ८१ हजार ६६ रूपैयाँ ८० पैसा बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ।

अख्तियारले २०४६ असार ३० गते सेवा प्रवेश गरेका उनको २०७९ कात्तिक ६ सम्मको आयव्ययको विश्लेषण गरेको थियो।

रानाभाटको अस्वभाविक जीवनयापन, हैसियतभन्दा बढी रकम बराबरको सेयर, जग्गा खरिद गर्नुका साथै घर बनाएको, बैंक तथा वित्तीय संस्थामा रकम राखेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारले विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा उनले ३ करोड १५ लाख ८१ हजार ६६ रूपैयाँ ८० पैसा बराबर सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको उल्लेख छ।

 

 

Tags: