post-slider post-slider

सुदूरपश्चिम नीति तथा योजना आयोगमा उपाध्यायमा उपाध्याय नियुक्त

Image
A A

धनगढी- सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन्। 

पूर्वसचिव समेत रहेका उपाध्यायलाई मुख्यमन्त्री कमल बहादुर शाहले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। यसअघि मोहनदेव भट्ट उपाध्यक्ष थिए।

नवनियूक्त उपाध्यक्ष उपाध्याय सुदूरपश्चिम सरकार अन्तर्गत रहेको नीति तथा योजना आयोगमा तेस्रो उपाध्यक्ष भएका छन्। यसअघि सुरुमा केशरबहादुर साउँद उपाध्यक्ष थिए। साउँदले ०७८ असोजमा पदबाट राजिनामा दिएपछि सरकारले ०७९ भदौंमा आयोगको सदस्य रहेका बिष्टलाई उपाध्यक्ष नियुक्त गरेको थियो।

Tags: