post-slider post-slider

मधेस सरकारको उपलब्धि सार्वजनकीकरण कार्यक्रममा घटक दल जनमतको विरोध

Image
A A

जनकपुरधाम- मधेस प्रदेस सरकारले आयोजना गरेको एक वर्षे उपलब्धि सार्वजनकीकरण कार्यक्रममा सत्ता गठबन्धनकै एक घटक जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा मधेस प्रदेस सरकारले आयोजना गरेको स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक कार्यक्रममा जनमत पार्टीले विरोध गरेको हो।

मुख्यमन्त्री सरोजकुमार यादवले सरकारले एक वर्षमा हासिल गरेको उपलब्धि सार्वजनिक गरिरहँदा जनमत पार्टीका नेता कार्यकताले सरकार ‘भ्रष्टाचार’ मा लिप्त रहेको भन्दै कार्यक्रम हलभित्रै नाराबाजी गरेका थिए।

जनमत पार्टीका कार्यकर्ताहरूले ‘साइल चोरलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दाबाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए।

कार्यक्रमस्थलबाट बाहिरिएर जनमतका कार्यकर्ताहरू सरकारको विरोधमा नाराबाजी गर्दै जनकपुरको जनक चोक, भानु चोक, शिव चोकलगायतका क्षेत्रमासमेत ¥याली निकालेका थिए।

जसपाका यादव नेतृत्वको सरकारमा जनमत पार्टी पनि सहभागी छ। सरकारमा जनमत पार्टीका एक जना मन्त्री सहभागी छन्। सरकारको एक वर्षे उपलिब्ध सार्वजनकीकरण कार्यक्रममा भने जनमत पार्टीका मन्त्री सहभागी भएका थिएनन्।

जसपाका नेता यादव गत वर्ष २९ पुसमा मधेस प्रदेसका मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले आफ्नो एक वर्षको कार्यकालमा सरकारले गरेका उपलब्धिका विवरणहरू २२ पृष्ठमा सार्वजनिक गरेका छन्।

 

Tags: