सुनसरीबाट चिनियाँ पेस्तोलसहित एक पक्राउ
सुनसरी - प्रहरीले सुनसरीबाट चाइनिज पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ अकाहा बजारका ३८ व।षीय शमशेर आलम रहेका छन्।
त्यहीँका खुर्सित अन्सारीको घरमा लुकाएर राखेको अवस्थामा ठूलो चाइनिज पेस्तोल, गोली दुई राउन्ड र म्यागजिन एक थान बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा घरमा छापा पारेको थियो।
छापा मार्दा खुर्सितको पुरानो घरको भान्छाकोठामा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएको थियो।
खुर्सित भने फरार रहेका छन्। शमशेरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर अनुसन्धान थालिएको छ।