post-slider post-slider

‘बोल्दै नबोलेको कुरालाई लिएर बबन्डर मचाउन खोजिँदैछ’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले बोल्दै नबोलेको कुरालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बबन्डर मचाउन खोजेको बताएका छन्।

पुस्तक विमोचनमा सरदार प्रितिम सिंहका बारेमा दिएको अभिव्यक्तिलाई लिइएर बबन्डर मच्चाउन खोजिएको उनले बताएका हुन्।

बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितिम सिंहले बोलेको कुरा आफूले बोलेको भए पनि त्यसमाथि बबन्डर मच्चाउन खोजिएको बताए।

पुस्तक विमोचन कार्यक्रममा सिंह सामाजिक सेवा र यातायात क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारेका छन्।

प्रचण्डले बेलुनरूपी बबन्डर चाँडै फुट्ने र यसबाट केही नहुने दाबी गरे।

‘एउटा किताब विमोचन गर्दा मैले बोलेको, उसले बोलेको कुरा मैलो बोलेको, मेरो कुरा होइन। उसले बोलेको। मैले भनेँ उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि चासो राख्नुहुन्छ। उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिल कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो। उहाँको बारेमा भनेको कुरालाई अब उचालेर फेरि एकपटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिट्टै फुट्नेवाला नै छ। त्यसले केही दिनेवाला छैन,’ प्रचण्डले भने।

 

Tags: