post-slider post-slider

कोसी र कर्णालीमा बिहानैदेखि वर्षा, कस्तो रहला अन्य स्थानको मौसम?

Image
A A

काठमाडौं- देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही  स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

हाल नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको  मध्यप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।

Tags: