post-slider post-slider

ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै

Image
A A

काठमाडौं- अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तीमा २७५ मिलियन डलर भन्दाबढी मूल्यका नयाँ हतियार पठाउने भएको छ। अमेरिकाले युक्रेनले रुसविरुद्धको लडाइँलाई बलियो बनाउन यो नयाँ सहयोग दिने घोषणा गरेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दुई महिनामा सकेसम्म धेरै सहायता प्राप्त गर्न चाहको अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा कार्यकाल सुरू गर्नुअघि बाइडेनले युक्रेनलाई सकेसम्म बढी सहयोग गर्ने रणनीति बनाएको रिपोर्टमा उल्लेख छ।

विशेषगरी, युक्रेनमा द्वन्द्व बढ्ने डर बढ्दै गएको बेला अमेरिकाले हतियारको पछिल्लो ढुवानी युक्रेनमा आफ्नो सेनालाई थप बलियो बनाउन पठाइने भएको छ। ट्रम्पले युद्ध चाँडै अन्त्य गर्ने बाचा गरेकाले दुवै पक्षले थप लाभ लिन जोड दिइरहेका छन्।

यसअघि नोभेम्बर १७ मा बाइडेनले युक्रेनलाई देशबाहिर पनि लामो दुरीको मिसाइलहरू प्रयोग गर्न अनुमति दिएका थिए।

त्यसपछि, १९ नोभेम्बरमा, युक्रेनले सामरिक मिसाइल प्रणाली प्रयोग गरेको दाबी गरिएको छ। रिपोर्टका अनुसार युक्रेनले गए राति रुसको ब्रायान्स्क क्षेत्रमा ६ वटा अमेरिकी एटीएसीएमएस मिसाइल प्रहार गरेको दाबी गरिएको छ।

एटिएसीएमएस प्रणाली सतहबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल हो, जसले ३०० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्छ। लामो दुरीको स्ट्राइक क्षमताका कारण यो मिसाइल युक्रेनका लागि गेम चेन्जर साबित हुन सक्ने बताइएको छ।

अमेरिकाको नयाँ सहायताले युक्रेनलाई एयर डिफेन्स, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम, १५५ एमएम र १०५ एमएम आर्टिलरी राउण्ड, जेभलिन एन्टी-आर्मर हतियार र अन्य उपकरण प्रदान गर्नेछ। यी हतियारहरू पेन्टागनले सकेसम्म चाँडो युक्रेनी सेनालाई पठाइने बताएको छ।

Tags: