post-slider post-slider

संसदीय समितिको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउन दलहरूको सहमति

Image
A A

काठमाडौं- संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच सहमति भएको छ।

सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो।

बैठकमा मुख्य दलका नेताहरूले अब सभापति चयन प्रक्रियामा बिलम्ब नगर्ने प्रतिबद्धता जनाएका छन्।

सभापति चयन नहुँदा संसदीय समितिहरूले काम गर्न नसकेपछि सभामुख घिमिरेले दलहरूलाई घच्घच्याउन बैठक बोलाएका थिए।

सभामुख घिमिरले दलहरूबीच सहमति नभए संसदीय समितिको नेतृत्व चयन गर्न निर्वाचन पक्रिया अगाडि बढाउने बताए।

संसदीय समितिको नेतृत्व चयनमा ‘तपाईंहरूबीच कुनै समझदारी हुन्छ कि निर्वाचन प्रक्रिया अघि बढाऊँ?’ भन्दै शीर्ष नेताहरूलाई सोधेका थिए।

कानुन तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सभापति चयनबारे सबै दलका प्रमुख सचेतकरूसँग छलफल गरेर चाँडै प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिए।

सभापति चयनमा विगतको सहमतिलाई कार्यान्वयन गर्न जोढ दिइने उनले बताए।

 

Tags: