post-slider post-slider

सहकारी ठगी : पूर्वडिआइजी छविलाल जोशीसँग लिइयो बयान, पालो अब रविको

Image
A A

काठमाडौं - सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ। शुक्रबार समितिले जोशीलाई बोलाएर बयान लिएको हो।

साथै, समितिले शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिने भएको छ। लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक हुन्।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जिबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए। 

राईलाई आधा दर्जन सहकारी ठगेको आरोप छ। तर, उनी विदेशतिर फरार छन्। लामिछानेले राईको सहकारीबाट रकम लिएको आरोप छ। 

Tags: